Sunday, 17 December 2017 08:05 am, Nepal

कालिकोटमा अझै कायम छन् न्यायका प्रतिमूर्ति देवता

मेचीकाली : 2011-01-10 11:40:50


दलसिंह गिरी

कालीकोट, २६ पुस : सुन्दा अचम्म लाग्छ आफुले न्याय पाउन मन्दीर र धामीझाक्रीको सरण परेर न्याय मागीन्छ तर बर्तमान न्यायिक निकायमा जान चाहँदैनन् कर्णालीका बासिन्दा  ।   बिश्व एक्काइसौ शताब्दीमा प्रवेस गरि वैज्ञानिक चमत्कार गरिसक्दा पनि न्यायिक कार्य धार्मिक तथा देउताहरmको भरमा बिश्वास मान्नु आदिम समाजको ज्वलन्त उदारण हो । यहाका प्राय स्थानिय बासिन्दा कसैले थिचोमिचो,कुटपिट ,गालि बेइज्जती गरेमा ग्रह दशा ,विवाह ,ब्रतबन्धन देखि मुद्दा मामिलामा  तथा झुतप्रेत, वर्तमान र भविष्यका कुरा देउता तथा धामीको बिस्वासमा मान्ने गर्दछन् ।

 स्थानिय गाउँ ठाउँमा परम्परा देखि मानिदै आयका मस्टो , धवलपुरा ,कैलास भ्वानी ,महाबै जगन्नाथ ,महादेव,सिमनाथ जस्ता प्रसिद्द देउताका धामिहरm(देवताको पुजा गर्ने मान्छे)मार्फत छिनो फानो गर्ने गर्दछन् । धामिहरm बिशेष झै–झगडा जारी, चोरी, जग्गा ,जमिन , साध , सिमाना , अंशवण्डा आदी प्रकूतीका  फौजदारी र देवानी दुवै प्रकारका मुद्दा छिन्ने काम आपm्नो देवकिय अदालत अर्थात माँडु (थान) बाटै गर्दछन् । ओदानकु गाबिसको डिल्लीकोटमा रहेको जगन्ननाथ र महावै का मुल धामी मान वहादुर सिंह भन्नूहुन्छ “निर्जिव वस्तुमा देउताको अवतार भएपनि देबकिय  अस्तित्व समाप्त भएको छैन । देबताको अस्तित्व  केहि मान्छेमा अवतारीयर दैविक  न्यायको सुरmवात भएको हो । यसै कारणले नै दैविक न्यायले मान्यता र ब्यापकता छाएको छ ।”

केहि बर्ष अगाडि फुकोट—८ का हरिराम बरालको १६ पाथि बिउ लाग्ने जग्गा आफ्नै सन्तान बिच झगडा भएपछि उनकै भाउजुले अन्याय गरि जग्गा जबरजस्ती लगेको भन्दै देउता लगाएर अहिले   त्यो जग्गा कमाइ्र्र्् गरि खान नमिलेको उनी वताउछन् । बराल भन्दछन्” जग्गामा गोरm जोते बिरामि हुने सर्प देखिने र घरपरिवार समेत बिरामि पर्न थालेपछि धवलपुराका धामी दले बिकसग हेराउदा जग्गाको दोखालो (बिरामि हुने कारण ) देखाएकोले अहिले जग्गा बाझै छाडीदिए पछि घर परिवारमा शान्त भएको छ ।” उसो त बालबालिका देखि बृद समेत बिरामि पर्दा देवताकाृे साहार लिने  चलन कायमै रहेको छ ।

 यो देवकिय तरिकाबाट न्याय पाउन थानमा गई दियो बालेर धुप बत्ती गरेर जुन बिषयमा न्याय माग्नेहो सोही सम्बन्धमा सम्बन्धित थान वा मन्दिरमा एकचित्त मनले पुकार गर्दा न्याय पाईने बिश्वास  रहेको छ ।। दैबिक न्याय र बिश्वासका सम्वन्धमा बिश्वास दर्शाउदै सिप्खाना ७ का ९२ बीर्षय पदम नाथ योगि भन्नुहुन्छ ् “देउता हाम्रो बाबु हो , हाम्रो कुल स्वामि हो ,न्याय कर्ता हो ,डाक्टर पनि हो ।  हामी माथि भएको दश–बाह पुस्ताको पुरानो अन्याय अत्याचार र जाल सादिलाई दैविक दृटिले छान बिन गरि न्याय दिलाउछ । “सोहि कुराको समर्थन गदै दैविक न्यायको पक्षमा फुकोट २ का जन्मदेब पण्डीत भन्नुहुन्छ । देउता छुट्टै  कुनै ठाउमा छैत्र आफनै मनमा रहेका छन  यदी दैबिक शक्ति नभएको भए असम्भव र पत्याउनै नसनिे काम कसरी गर्दछन? यो हेर्ने र देख्नेलाई मात्रै थाहा हुन्छ ।  पण्डित थप्नुहुन्छ देउता प्रति बिस्वास नहुने भए मकहां अछाम, बाजुरा,मूगु,जुम्ला देखि सयौ जना दोखालो (न्याय अन्याय छुटयाउन ) आउने गर्दछन र बिस्वस्त भएर जान्छन । पण्डित स्थानिय ज्योतिषि पनि हुन ।

   दैबिक न्यायका सम्बन्धमा बडिमालिकाका पुजारी कूष्ण धमाला भन्नुहुन्छ “द्वापर युग र त्रेयायुगमा  शाश्त्रमा उल्लेख भयझै यो मलायगिरी पर्बत खण्ड अन्तरगत कालिकोट जिल्लामा बडि मालिका माताले राक्षस संग लडाई गदै बाह्र भाई मस्टालाई ठाउँ ठाउँमा सुरक्षार्थ राखेको र आफु सबैको रक्षा गर्न अग्लो स्थान बढि मालिकामा गइ बसेकोले मानवको रक्षार्थ केही मानिसमा दैबिक शक्ति भएको जसले गर्दा अन्याय परेकालाई न्याय दिलाउने गर्दछन

 यसैले  “देवपुरि, शिबपुरि हुम्लो , ब्रहम्पुरि,मष्टोपुरि,राष्कोट जुम्लो” भन्ने उखान कणाली भेगमै प्रख्यात रहेको छ ।

  कालिकोटका अधिकांस सर्बसाधारण तपाईहरm अन्याय हुदा बिरामि पर्दा अदालत र अस्पताल नगएर देउताको माडु र धामि झाक्रि संग किन पुग्नु हुन्छ ? भन्ने प्रश्न गर्दा अधिकांश कालिकोटेको जवाफ एउटै छ ,देवता प्रतिको पूर्ण बिश्वास ।

 यहाका धेरैजसो मान्छे भन्दछन् “मुखालाका राजा निमुखाका देउता” । पढेलेखेका पैसा हुने अदालत र अस्पताल जान्छन्, हामी त उनै जन्मदाता गोसाइँकहाँ  गएर दुध, खसि बोका चढाइ अन्याय पर्दा दुधको दुध, पानीको पानी छुट्याइ माग्छौं र त्यहाका फैसला र भनेको कुरा प्रति पुर्ण सन्तुस्ट हुन्छौं सन्चो पनि हुन्छ ।

        धर्म र देउता प्रति बिश्वास गर्ने सर्बसाधारण र अनपढ मात्र नभइ पढेलेखेका र जिम्बेवार ब्यक्ति पनि उत्तिकै भएको मान्म ८ का करबिरे बिक बताउछन् । उनि भन्दछन् केहि बर्ष अगाडि रण दल गुल्मका गुल्मपति रबिन जोसिले बिरामी परेका आफ्ना जवान लाइ जिल्ला अस्पताल सम्म पु¥याए तर निको भएन उनको बिरामले च्याप्दै गयो र अन्तिम म कहाँ ल्याइ पुराए र देउताले उनलाइ सन्चो गरायो ।

   यदेपि कालिकोटको सामाजिक स्तरमा देउता धामि  वा दैबिक न्यायको बाहुल्लेता बिगतको भन्दा कमि आएको छ । शिक्षा , स्वास्थ्य , यातायात र संचारको विकास रूढिग्रस्त समाजको क्रमस कम हुदै सकारत्मक सोच र आस्थाको बिकास हुन थालेको छ ।  

  खासगरि अहिलेका युवा पिढीको धामि झाक्रि र देउता प्रतिको रmचि र सहभागीता मनोरन्जनका लागी मात्र हुने गरेको पाइन्छ । यद्दपि बुढा पाका भने युवा हरmको यस्तो प्रबिधिलाई उच्श्रृङखल अभद्र भन्दै आएका छन । ्  स्थानिय गैरसरकारी संस्थामा कार्यरत यूवा नगेन्द्र बहादुर बिष्ट भन्नुहुन्छ । ” कैयौं ग्रामिण बिकासका फैसला दैबिक न्यायका नाममा थोपारीदिदा त्यसबाट सर्बसाधारणलाई मर्का पर्ने बताउनुहुन्छ। बिस्टको भनाई छ–दैबिक न्यायको र बिश्वासको नाममा गाउँमा गरिब र निमुखा माथि सामाजिक ,सास्कृतिक र आर्थिक शोषण थपिनुका साथै दैनिक बाल मृत्यूदर र मातृमृत्युदरमा बृद्धि हुदै गएको छ ।

   सोहि सम्बन्धमा  बिद्यार्थि नेता खेम बहादुर सिंह भन्नुहुन्छ ।् “सामाजिक  परम्पराको वा धर्मको आड लिएर त्यस अनुरmप देउता नमान्ने ब्यतिm र परिवार माथि अनिष्ट हुने भ्रम छरेर सोझासाझालाई ठग्ने काम भइरहेको बताउनुहुन्छ ,। सिंह थप्नुहसन्छ ् आजको पुस्ता परिर्वतन चाहन्छ त्यस अर्थमा अब यो दैबिक न्याय र बिस्वासको परम्परा धेरै दिन चल्ने वाला छैन ।

 तर यसको ठिक बिपरित धारणा राख्छन् सिप्खाना ४ का अजबहादुर शाही भन्नुहसन्छ । “यो परम्परादेखि चलिआएको संस्कार हो यसलाई हराउनु दिनुहुदैन जगाइराख्नु पर्दछ  । यसले मानिसलाई उच्श्रृङखल अभद्र हुन बाट रोक लगाउछ भने एक आपसमा सद्भाब रहिरहन्छ । बृद शाही थप्नुहुन्छ  ” यदि देवता छैनन् भने रोटि पाकिरहेको तेल कसरि पिउँछन् , फलामे त्रिसुल औलाको भरमा भाच्छन् ,बलेको आगोमा घण्टौ बस्दछन् यो के सत्य हैन  र? प्रति प्रश्न गनर्सहून्छ ।

 देउता पुकार्न सत्य पत्ता लगाउन धर्मालम्बिहरm रातमा खडारात्रि (जाग्राम) बस्ने , मागल भन्ने गर्दछन् । त्यसरी हेर्दा न्याय पाउने लामो समय लाग्ने पनि हुनसक्छ ।

 तथापि परम्परागत सामाजिक चालचलन परम्परागत रmपमा मानिदै आयको छ । गत बर्ष  बडिमालिका मन्दिर पुजा गरि फर्किदै गर्दा  बडिमालिकाकाका पुजारी कबि उपाध्याका छोरा हेमराज उपाध्यायमाथि त्रिबेणी तिर्थस्थलमा स्थानिय व्यक्तिले मरणासन्न हुने गरि कुटपिट् गरेपछि प्रहरीले समात्यो र उपचार खर्च बेहोर्नुपर्ने निर्णय गरियो तर पुजारिले जरिमाना गरायनन् बरm उनले बडिमालिका माईले दोषिलाइ जसरी सजाय दिन्छन त्यही नै मेरो लागी  उचित न्याय हुनेछ भनेर सरापे मात्र ।

कालिकोट लगायत कर्णालि अञ्चलमा मस्टो र धलपुरो स्थरका देवताहरm कुलस्वामि भएकोले “माथ माथमा मस्टो दु,ख कस्ट र अन्यायमा घरघरमा बस्दो” भन्ने जस्ता भनार्इृ रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु