dashain
Monday, 22 October 2018 02:31 pm, Nepal

पत्रकारको हात खुट्टा भाँचिदिने धम्की

मेचीकाली : 2011-01-07 08:46:51


रोल्पा, २३ पुस : नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सदस्य धनिराम शर्मालाई अज्ञात व्यक्तिले हात खुट्टा भाचिदिने धम्की दिएको छ । हिजो साँझ ७ बजेदेखि ९७२८२५१७५३ नम्बरको मोबाईलबाट पटक पटक हात खुट्टा भाचिदिने धम्की आएको पत्रकार शर्माले बताए । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा रोल्पाका सल्लाहकारसमेत रहेका शर्मा रेडियो जलजलामा आवद्ध आवद्ध छन्  । जिल्ला प्रहरी कार्यालय रोल्पाले पत्रकार शर्मालाई धम्की दिने व्यक्ति बारेमा अनुसन्धान थालि छिट्टै कारवाही अगाडी बढाउने जानकारी दिएको छ ।

पत्रकार शर्मालाई धम्की दिने व्यक्तिको ठेगाना बुझ्दा नेपालगञ्ज आसपासको भएको प्रहरी निरिक्षक अर्जुन रानाभाटले बताए । ।

नेपाल पत्रकार महासंघ रोल्पा शाखा अध्यक्ष खेम बुढा र रेडियो जलजलाका स्टेशन म्यानेजर मौसम रोकाले छुट्टा छुट्टै विज्ञप्ति निकालेर पत्रकार शर्माको धम्कीको भ्रत्र्सना गर्दै सूचनाको हकमाथी आक्रमण गर्न खोज्ने शक्ति वा समुहलाई पत्ता लगाई कारवाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु