Sunday, 18 November 2018 06:16 pm, Nepal

माओवादी कार्यकर्तामाथि गोली प्रहार

मेचीकाली : 2011-01-03 12:25:49


सल्यान, १९ पुस : सल्यानको दार्माकोटमा स्थानीयको गोली प्रहारबाट एकीकृत नेकपा (माओवादी)का एक कार्यकर्ता घाइते भएका छन् । गएराति छिमेकी जितबहादुर सुनारले हानेको गोली प्रहारबाट दार्माकोट गाविस वडा नं १ दैटाकुराका ५५ वर्षीय परशुराम सुनार (बालाराम) घाइते भएका हुन् । सुनारको दाहिने काधबाट घाँटीमा गोली छिरेको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ ।    स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि श्रीनगरमा रहेको कान्तिपुर फार्मेसीमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

उनको अवस्था अहिले गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ ।     घटनाबारे जानकारी पाएपछि अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको र अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन ।

    गोली प्रहार गर्ने जितबहादुर सुनार अहिले फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु