dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

रियल जुसमाथि छानबीन सुरु

मेचीकाली : 2010-12-22 17:15:50


डाबरमाथि कडा कार्बाही हुनसक्ने

बारा, ७ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाबर नेपालको रियल जुसबारे बुधबारबाट छानबिन सुरु गरेको छ। अग्रिम मिति राखेर उत्पादन गरेको भन्दै आयोगले सोमबार परवानीपुरस्थित कारखानामा छापा मारी ७४ हजार कार्टुन जुस नियन्त्रणमा लिएको थियो। डिसेम्बरमा प्याकेजिङ भएका जुसमा जनवरी २०११ को उत्पादन मिति टाँस गरिएको भेटिएपछि अख्तियारले छानबिन सुरु गरेको जनाएको छ। 'सोमबार नै टोली उत्पादनको केही 'नमुना' लिएर  राजधानी फर्केको थियो', अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले भने- मङ्गलबार सार्वजनिक बिदा परेकाले बुधबारबाट अनुसन्धान थालनी गरेका हौं।

 अनुसन्धान पूरा गरेपछि  कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए। 'कस्तो कारबाही हुन्छ अहिल्यै भन्न मिल्दैन', उनले भने- कानुनअनुसार अघि बढ्ने छौं। गत शुक्रबार कार्यालयमा परेको  विशेष उजुरीका आधारमा अख्तियारले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी नदिई सोमबार कारखानामा छापा मारेको थियो।

छापामारीमा अख्तियारका सहन्यायाधिवक्ता समिर सिलवालसँगै राजश्व अनुसन्धान कार्यलय पथलैयाका प्रमुख महेन्द्र बानियाँ, नाप तौल विभागका अधिकृत अनुप हलवाई,  मध्यक्षेत्र सशस्त्र प्रहरीका सुमन बोगटीलगायतको संलग्नता थियो।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु