dashain
Wednesday, 17 October 2018 03:41 pm, Nepal

रातारात सारिए सिलबन्दी गरेका जुसहरु

मेचीकाली : 2010-12-21 08:43:31


real

डाबर नेपालको फट्याइँ

बारा, ६ पुस : बाराको रामपुरटोकनीस्थित डाबर नेपाल प्रालिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर सिलबन्दी गरेका जुसहरु व्वस्थापनले रातारात ट्रकमा लोड गरी अन्यत्र लगेको छ । गोदाममा शिलबन्दी गरि राखेको करिब ५ करोड रुपैयाँ बराबरको ७४ हजार ४ सय ३३ कार्टुन रियल जुस उद्योग व्यवस्थापनले सोमबार राति करिब ९ बजे ट्रकमा लोड गरि अन्यत्र सारिएको छ ।

डाबर नेपाल प्रालिले आफ्नो कम्पनीबाट उत्पादन हुने जुसको बट्टामा नक्कली उत्पादन मिति छाप्ने गरेको उजुरी प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहमहान्याधिवक्ता समीर सिलवाल नेतृत्वको टोलीले हिजो छापा मारेर फ्याक्ट्री सिलबन्दी गरेको थियो ।

डिसेम्बर २०१० मा उत्पादन गरिएको जुसको बट्टामा सन् २०११ जनवरीको उत्पादन मिति राखेर डाबरले बजारमा पठाउने तयारी गरिरहेको अवस्थामा फेला पारिएको अख्तियारका सह महान्याधिवक्ता सिलवालले जानकारी दिए । बरामद गरिएका रियल र रियल एक्टीभसहित तीनवटा ब्राण्डका जुसको गुणस्तर परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागले जुसको नमूनासमेत संकलन गरेर सोमबार नै काठमाडौं लगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु