dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

डाबर नेपाललाई ठूलो झट्का

मेचीकाली : 2010-12-20 15:48:22


रियल जुस फ्याक्ट्रीमा अख्तियारको शिल

बारा, ५ पुस : नेपाली जनतालाई लेउ र किरा खान बाध्य बनाउने डाबर नेपालको रियल जुस फ्याक्टीमा अख्तियार दुरुपयो अनुसन्धान आयोग छिरेको छ । आयोगले आज बारामा रहेको रियल जुसमा त्रुटी भेटिएपछि फ्याक्ट्रीमा शिल लगाएको छ । डाबर नेपालले पटक पटक रियल जुस उच्च गुणस्तरको भन्दै नेपालीको आँखामा छारो हाल्ने काम गरेको थियो । तर, अख्तियारले त्रुटी भेटेर फ्याक्ट्रीमा शिल लगाएपछि डाबरको कुनै पतिक्रिया आएको छैन ।

'डाबरले अगाडिको मितिमा अहिल्यै नै जुस भरिरहेको सूचना पाएपछि छापा मार्न गएको थियो, सूचना सही देखिएपछि सिल लगाएका हौ ।' आयोगका प्रवक्ता इश्वरी पौडेलले भने । बजारमा निर्धारण गरेभन्दा घेरै समय रहेन गरी जुस प्याक गर्दा आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने भएकाले केन्द्रको निर्णय अनुसार छापा र सील लगाइएको हो' पौडेलले भने ।

डाबर नेपालको उत्पादन रियल जुसमा देशका विभिन्न स्थानमा लेउ, लेदो र किरा फेला परेको थियो । पटक पटक त्यस्ता समाचार नेपाली मिडियामा आएपछि डाबरले भारतीय दुतावासको शरण लिएर नेपाली मिडियालाई धम्क्याउने र आफूपक्षधर मिडियालाई लाखौंको विज्ञापन दिने काम समेत गरेको थियो । भारतीय राजदूत राकेश सुदले त डाबरको पक्षमा लविङ गर्दै उविरुद्ध समाचार लेख्ने मिडियामाथि कार्बाही गर्न सरकारलाई दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु