dashain
Monday, 15 October 2018 05:05 pm, Nepal

१० हजार धरौटी तिरेर छुटे पारस

मेचीकाली : 2010-12-16 16:42:30


पारसले के के भने जिल्ला प्रशासनमा ?
छुटेलगत्तै पोखरा गए पारस

चितवन, १ पुस : बङ्गलादेशी नागरिक रुवेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले रु १० हजार धरौटी र आगामी फागुन १९ गते तारेखमा उपस्थित हुनेगरी आज अपरान्ह रिहा गरेको छ ।     प्रहरीले केही सार्वजनिक अपराध मुद्दा दर्ता गरी तीन दिनअघि पक्राउ गरिएका शाहलाइ हिजो जिल्ला प्रशासन कार्यालय चितवनबाट तीन दिनको म्याद थप गराएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसमक्ष पक्राउ परेका पारस र उनका आठजना कानुन व्यवसायीले बहस गरेका थिए ।

    अपरान्ह ३ः२५ बजे जिल्ला प्रशासन कार्यालय चितवन लगिएका शाह झन्डै एक घण्टा बहस र फैसलाको प्रतिक्षामा रहेका थिए । ‘म छोरीको जन्मदिन मनाउन चितवनको होटल टाइगर टप्स गएको हँु, मेरो साथमा परिवार थियो, म बसेर परिवारसँगै खाना खाँदै थिए त्यहिबेलामा रुवेल चौधरी म कहाँ आएको’ बहसका क्रममा उनले भने ‘चौधरीले नेपाल, नेपाली र मलाईसमेत होच्याउने कुरा गरे, त्यसो भन्नु हुँदैन भनेर मैले भनँे ।’

बहसका क्रममा उनले भने, ‘सामान्य बाद–बिबाद मात्र भएको हो, बन्दुक पड्काएको पनि होइन, कुनै होहल्ला अशान्ति पनि भएको होइन ।’

    त्यस्तै उनका पक्षबाट वकालत गरेका आठै जना कानुन व्यवसायीले प्रहरीले पेश गरेको मुद्दा अभियोग प्रमाणित हुन नसक्ने भएकाले खारेज गर्न माग गर्दै बहस गरेका थिए ।     सो क्रममा उनीहरूले मुलुकी ऐन १८२ नम्बरको हकदयाविहीन दायर जाहेरी भएको हँुदा मुद्दा खारेजीबाहेक अन्य विकल्प नरहेको जिकिर गरेका थिए ।

बहसका क्रममा उनीहरूले यो विषय सार्वजनिक सरोकार नभएको, पीडित नदेखिएको बताउँदै अन्तरिम सरकारले सुरक्षा दिइरहेको पूर्वयुवराज  भएको स्थानमा को कसको अनुमतिबाट विदेशी नागरिक त्यहाँ पुगेका हुन् र कस्तो किसिमको घटना भएको हो खुल्न नआएको पनि बताएका थिए ।

    उनीहरूले रुवेल चौधरीलाई त्यहाँ जाने  हैसियतसमेत नरहेको अवस्थामा घटना घटेको हुँदा स्वयम् आफंैमा विवादास्पद रहेको भन्दै यो अभियोग कानुनसम्मत नहुनाले खारेज गर्नुपर्ने बताएका थिए ।

    सो क्रममा पूर्वयुवराज पारसले राजधानीबाट झिकाएका कमलेश द्विवेदी, विष्णुप्रसाद भट्टराई, गणेश केसी, श्रीप्रसाद पण्डित, रामप्रसाद रिजाल, हिरा रेग्मी र चितवनका शिवप्रसाद पाण्डे र चुडामणि सापकोटाले बहस गरेका थिए ।

    उता सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता गिताप्रसाद तिमिल्सिना र सहायक न्यायाधीवक्ता भीमप्रसाद भुर्तेलले बहस गरेका थिए ।     दिउँसो बा ८ च ३७११ नम्बरको गाडीमा पारस शाहलाई कडा सुरक्षा घेराबीच प्रशासन कार्यालय लगिएको हो ।

पारसलाई जिल्ला प्रशासन कार्यालय पु¥याउँदा त्यहाँ उपस्थित पत्रकारहरूलाई केही प्रतिक्रिया दिन पारस शाहले चाहेको देखिए पनि सुरक्षाकर्मीका कारण केही प्रतिक्रिया नदिइ उनी सिधै प्रशासन कार्यालय पसेका थिए ।

     फैसलापछि ठूलो सङ्ख्यामा उपस्थित पारसका शुभेच्छुकले आफ्नो पक्षमा फैसला भएको भन्दै फूलमालाले स्वागत गर्दै पूर्वयुवराज पारस र राजतन्त्रको पक्षमा चर्का नाराबाजी गरेका थिए ।

उता, धरौटीमा रिहा भएका पूर्वयुवराज पारस शाह बिहीबार नै पोखरा आइपुगेका छन् । विमानस्थलमा शुभेच्छुकहरुले उनलाई पञ्चे बाजा बजाउँदै स्वागत गरेका छन् ।

विमानस्थलबाट निस्किएपछि पारस केहीबेर समर्थकले निकालेको र्‍यालीमा सहभागी भएका थिए । त्यसपछि उनी गाडी चढेर लेकसाइडस्थित फिस्टेल रिसोर्टमा गएका छन् ।


यो विषयका प्रतिक्रियाहरु

dilli lama:Dec 17, 2010 08:05:43 AM

खस् गरि बन्नु पर्दा पारस लाई छोड्न नहुने हो नेपाली जनता सरह उसलाई कारबाही हुनु पर्ने होइन र ?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु