dashain
Wednesday, 17 October 2018 03:40 pm, Nepal

पारसलाई ज्यानमुद्दा लगाउने तयारी

मेचीकाली : 2010-12-13 14:38:23


कार्बाहीका विषयमा कोइरालाद्वारा परामर्श

कार्बाही गर्न कांग्रेसको माग

चितवन, २७ मंसिर  :  परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीले पूर्व युवराज पारस शाहविरुद्ध मुद्दा दर्ताको तयारी गरेका छन्  । जिल्ला प्रहरी कार्यालय चितवनमा उनले आफ्नो ज्यान मार्न खोजेको भन्दै ज्यान मुद्दाको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको प्रहरी स्रोतले बताएको छ । मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली उनि बसेको होटलमै पुग्ने बताइएको छ । गृहमन्त्री भीम रावलले पारसविरुद्धको कारवाहीका विषयमा प्रधानमन्त्री नेपालसँग पनि परामर्श गरेको स्रोतले जनाएको छ ।

 चितवन राष्ट्रिय निकुञ्जको टाइगर टप्स होटलमा शनिबार राती पारसले रुवेलमाथि गोली चलाएका थिए । अहिले पनि रुवेल श्रीमतीका साथमा चितवनमा छन्  । पारस भने काठमाडौं फर्किसकेका छन ।

यसैबीच गोली चलेको घटनाका बारेमा रुवेल दम्पत्तिले कुनै प्रतिक्रिया नदिएको भए पनि कोइराला परिवारले आज चितवनमा पूर्व युवराज पारसले गोली चलाएको घटनाका बारेमा जानकारी दिने स्रोतले जनाएको छ ।

उता गोली चलाएको सन्दर्भमा कांग्रेस सभापति कोइरालाले राजनीतिक भेटघाट गरेका छन् ।

पारसमाथि हुनसक्ने कारबाही लगायत सन्र्दभमा सभापति कोइरालाले सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेको बुझिएको छ । मुख्य दल तथा सरकारसँग छलफल गरी पारस माथि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष सहित कोइरालाले परामर्श थालेको स्रोतको भनाई छ । अध्यक्ष दाहाललाई भेट्न कोइराला बिहान नयाँ बजार स्थित दाहाल निवास पुगेका थिए ।

यसैबीच नेपाली काँग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गरी चितवन राष्ट्रिय निकुञ्जस्थित टाइगर टप्स होटलमा यही मङ्सिर २५ गते राति नेका केन्द्रीय कार्यसमिति सदस्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाइँ रुवेल चौधरीमाथि पूर्व युवराज पारस शाहले गोली चलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    आफूले गोली चलाई आक्रमण गरेको घटना स्वीकार गरिसकेका दोषी पारसमाथि अहिलेसम्म कारबाही नगरिएकोमा आश्चर्य प्रकट गर्दै नेपाली काँग्रेसले तत्काल गिरफ्तार गरी कारबाही गर्न र यस प्रकारको घटना पुनः दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।

सम्वन्धीत समाचार

राजतन्त्र मासेको भन्दै सुजताका छोरीज्वाइँमाथि गोली प्रहार

यो विषयका प्रतिक्रियाहरु

nerbahadur:Dec 14, 2010 08:14:29 AM

यो चलचित्रको इस्क्रिप्त जस्तै भयो नेपाल आएअको केहि दिनमा नै पूर्व राजा युवराजले यस्तो गर्दा हुन सक्छ पारस र नेपाली कांग्रेस बीच केहि मनमुटाब नहुनु पनि कसरि पुर्खौ देखि चलिरहेको आफ्नो एकत्रित शासन खोस्यो अब पारसले आफ्नो पहिले को सत्ता हात पार्नको लागि भुमरीको युद्द शुरु गर्दै छ यसमा पार्टी हरु चनाखो हुन जरुरि छ

dhurba humagain:Dec 13, 2010 08:41:16 PM

जसको शक्ति उसको भक्ति ,अहिले को अबस्थामा मेरो येस्मा न कसैको समर्थन छ, न कसैको आलोचना. JASKO SHAKTI USKO भक्ति,

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु