dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

गुण्डागर्दीमा फर्किए पारस

मेचीकाली : 2010-12-13 07:34:09


-राजतन्त्र मासेको भन्दै सुजताका छोरीज्वाइँमाथि गोली प्रहार

-गोली हानेको पारसले स्वीकारे

चितवन, २७ मंसिर  : पूर्वयुवराज पारस शाहले परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरीज्वाइँ रुबेल चौधरीमाथि गोली चलाएका छन् । चितवन राष्ट्रिय निकुन्जस्थित टाइगर टप्स होटेलको बारबाट बाहिर लगेर ‘गणतन्त्र ल्याउनेलाई खत्तम गरिदिन्छु’ भन्दै पारसले पेस्तोल हानेका थिए । तर चौधरी भने छलिएर बँचेको बताइएको छ । पारसले विज्ञप्ति निकालेर एक राउन्ड गोली हानेको स्वीकार गरेका छन् । ‘आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु,’ पारसले निर्मल निवासबाट निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

 विज्ञप्तिमा ‘एकजना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक’ भनेर उल्लेख गरिए पनि रुबेल चौधरी भनेर किटानी गरिएको छैन । गणतन्त्र घोषणा तथा कार्यान्वयन गर्ने तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको रिस पोख्न पूर्वयुवराज पारसले कोइरालाका नातिनी ज्वाइँ चौधरीलाई गोली हानेको बताइएको छ । हाल विदेश भ्रमणमा रहेकी सुजाता कोइरालाका काठमाडौंस्थित सहयोगीका अनुसार आतंकपूर्ण व्यवहार गरिरहेका पारसबाट रुबेललाई छुटाएर सुरक्षा दिइएको थियो ।

 

३६ वर्षीय रुबेल श्रीमती र चार वर्षीय छोरासहित विदा मनाउन शनिबार विहान चितवन पुगेका थिए । पारिवारिक स्रोतअनुसार रुबेल आफ्नी श्रीमती र छोरालाई कोठामा राखेर राति करिब नौं बजेतिर रिसोर्टको बारमा ओर्लिई साथीहरुसँग बसिरहेको बेला पारस आइपुगेका थिए । रुबेललाई पारस पनि त्यहीँ रहेको थाहा थिएन ।

 

उनीहरुबीच केहीबेरको सामान्य कुराकानीपछि राजनीतिक कुरा चर्किएको थियो । गणतन्त्र र राजतन्त्रबीच उनीहरुबीच विवाद भइरहँदा पारसले एक्कासी पेस्तोल निकालेर रुबेलको कन्चटमा तेर्स्याएका थिए । ‘आफ्ना पीतापुर्खाले आर्जेको मुलुकमा विदेशीले रजाइँ गरेको’ भन्ने तितो पोख्दै पारसले ‘गणतन्त्र ल्याउने सबैलाई खत्तम पारिदिन्छु’ भन्दै धम्काएका थिए ।

 

पारसले रुबेलको कन्चटमा पेस्तोल राखेपछि सुरक्षाकर्मी र रुबेलका साथीहरुले छुट्टाएका थिए । आक्रोशित पारसले त्यसपछि केही राउन्ड हवाई फायर गरेका थिए । घटनापछि रुबेल परिवारलाई आइतबार विहानै टाइगरटप्सबाट नवलपरासीको गैंडाकोटस्थित एक होटलमा सारिएको थियो ।

 

इन्डोनेसिया भ्रमणमा रहेकी सुजाताले खबर पाएलगत्तै पारसलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई टेलीफोनमार्फत् आग्रह गरेकी थिइन् । त्यतिबेलासम्म घटनालाई सामसुम पारिसकिएको थियो ।

पारसको विज्ञप्ति

म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र मैले निभाएको पुरानो भूमिका र मैले प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे । सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्र
यास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन ।

यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी र भारतीय नागिरकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवार लगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।

पारश शाह

निर्मल निवास महाराजगाज

काठमाडौं नेपाल

यो विषयका प्रतिक्रियाहरु

Uttam Adhikari:Feb 22, 2013 04:50:09 PM

घण्टा मार्ने पारश लाई.....पारश ले जे गर्यो ठिक गर्यो ....

sonami:Dec 14, 2010 09:46:46 PM

के गर्नु पारसलाई सजाय त दिनुनै पर्ने हो नि तर नेपालको कानुन दुइ पैसामा बिग्छा साले गुन्डा लाई मेरो हातमा कानुन बाए देखि फासी दिन्थे

pratik neupane:Dec 14, 2010 07:51:54 PM

यो घटना ले मलाई दुख लग्यो किन कि यो परश सरकार लै फसाउने छल हो जए गरे राम्रो गरेका ६अन् बिदेसी ले तपाईं को देस र तपाईं को बारेमा नराम्रो वन्न्दा साहना सक्नु हुन६?
तेसैले पारस ज गरे राम्रो गरे

अजय रेग्मी:Dec 14, 2010 06:03:18 PM

अव म पनि मेसिन गन लिएर हिड्नु पर्ला जस्तो छ जसले निउ खोज्छ सिदै उडाइ दिन्छु।

sanjay:Dec 14, 2010 12:23:29 PM

नेताहरुले बन्दुक बोक्न हुने मान्छे मार्न हुने अरुले चाही किन नहुने राजनीतिमा लागेकोले जे गरे पनि हुने अरु साधारण मान्छेले चाही नहुने किन ?नेता जति सब लाई गोलि ठोक्नु पर्छा अनि मात्र देसको बिकाश हुन्छा पारशले जे गरे ठिक गरे

roshan:Dec 14, 2010 10:47:56 AM

नेपाल को नेता हरु लै चै हान्न पर्ने अब त्यो अरुकको छोरि जोइ लै चै हान्न नहुने हो ......बुट ठेकी पनि हो !!
नेपाल मा अब कैहेले पनि उन्नति नहुने भो अब सधै अस्ती मात्र कैहेले होला सान्ति नेपाल मा !!

milan Sharma:Dec 14, 2010 10:01:40 AM

पारस गुन्डा, सुजाता पनि गुण्डा गर्दी गर्ने मान्छे नै हो . तेसकारण
गुन्डा-गुन्डा को लडाई मा हामीलाई केहि भन्नु छैन, कहिले कहिँ गुण्डा गुण्डा पनि लड़छान वन्ने कुरा पनि ठिकै हो .

deepak:Dec 13, 2010 11:53:11 PM

मार्नु पर्छ
पारस लाई |

chrishna:Dec 13, 2010 10:03:47 PM

parash le j gare ko thyo kati aspect ma sahi ho. . . kina ki desh le yehi magi rahe ko cha. . . yo politician haru ko natak lai chadai end garnu parcha . . . . . . RAJTANTRA JINDABAD

RAM:Dec 13, 2010 09:13:42 PM

PARAS IS SATYA 6 THIS TIME SO WE SHOULD SUPPORT HIM GUYS. SUJATA KO POWER LAY J PANI HUN 6 BHANEKA HOLAN

prabin:Dec 13, 2010 09:00:50 PM

कुरा त ठिकै हो हेर तर पारस ले गोलि चलायो भनेर येत्रो भाडभैलो गर्नु जरुरत छैन जस्तो लाग्छा मलाई licence त दिएकै होला सरकार ले उसलाई उसले गल्ति गरेछा त्यो गोलि यो राजनीतिक पार्टी हरुलाई चल्येको भए चै ठिकै हुने थियो पहिला नेता हरु सक्नु पर्च्छा अनि गुण्ड हरु लै सक्नु पर्छा पहिला नेता !!!!!

kranti next:Dec 13, 2010 07:20:05 PM

paaakhe Nepali janta ho....kura kina nabujheko.....Parash ko thawooma ma vayeeeeko vayee 1 round haina 2 round chalthyo hola...he must be right at that situation.... netaaa lai woodawoo desh bachawooo...........

Rajinder Parsad Sharma:Dec 13, 2010 07:02:34 PM

paras le jo pani gare ko ramro gareko ho sabhi neta haru lai pani goli le marnu parchh. jas le desh ko naash gareko chh.

kushal:Dec 13, 2010 04:17:52 PM

नेपाली जनता तिम्रा नोकर हुन्,कि नेपाली जनताको काम छैन जे गर्दा पनि सडक मा उत्रने,झगडा गर्ने अरु अनि सडक उत्रनु पर्ने हामी.......तपाईं पनि नेतानै हो कि क्या हो.....एउटा नेपालीको छेउमा नेपालको बेइजत गर्दा को हेरेर बस्छ.....पारसले जे गर्यो ठिक गर्यो......

kushal:Dec 13, 2010 04:13:56 PM

मलाई लाग्छ यो पल्ट पारस सहि थिए,अनि त्यो चौधरी चाही सासु मन्त्रि भएपछी जे भनेनी हुन्छ भन्ने मुर्खता गर्यो.......तेस्ले बिर्स्यो यो तेस्को बंगलादेश हैन भनेर......

sagar rayamajhee:Dec 13, 2010 03:56:25 PM

जे गरे पारसले ठिकगरे किनकि
अब नेपाली जनताले सबइ नेतालाई उडाउनु पर्छ?










Ramesh Sharma:Dec 13, 2010 03:26:28 PM

पारस शाहले गरेको ज्यादतीका बिरुद्ध कदम चाल्न अनिबार्य छ | पूर्व युबराजको नाममा छुट दिन हुन्न | कानुन अनुसार कारबाही गर्नु पर्छ | बिगतमा पनि पारसले ठूला- ठूला अपराध गरेका हुन् | दरबार हत्याकाण्डका मुख्य दोशी पारस र ज्ञानेन्द्र नै हुन् | कलाकार प्रबिण गुरुंगको हत्या, बेला- बेलाका गुन्डागर्दी जस्ता अपराधमा सहभागी हुदै आएका छन् |

samrit saha:Dec 13, 2010 12:02:30 PM

hello -- khoita karbai kina chupchap yo yekdamnai thika bhayena --- please go ahead--

Nepalibabu:Dec 13, 2010 10:36:42 AM

पारस गुन्डा, रुखमा झुन्डा

Ram Badhur:Dec 13, 2010 10:29:17 AM

पारस गुण्डा हो

dilli lama:Dec 13, 2010 08:57:58 AM

पारस लै तत्काल काल कारबाही हुनु पर्छा भएन भने अब नेपाली जनता सडक मा उर्लिन्छ .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु