dashain
Monday, 15 October 2018 05:13 pm, Nepal

पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आपूर्ति मन्त्री

मेचीकाली : 2010-12-10 11:51:11


'सरकारले किनेर ल्याएको तेल बिक्रीबाट आएको नाफा बोनसका रुपमा दिइने छैन ’

विराटनगर, २४ मंसिर : आपूर्ति मन्त्री राजेन्द्र महतोले सरकारले हालै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल कम गर्न नसकिने बताएका छन् । विराटनगरमा आज पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले नेपाल आयाल निगम व्यापक घाटामा गएको र घाटा समायोजन गर्ने अन्य कुनै वातावरण नभएपछि बाध्य भएर इन्धनको मूल्यवृद्धि गर्नुपरेको स्पष्ट पारे । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध सर्वत्र भइरहेका बेला अन्तर्राष्ट्रियरुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आयल निगमले मूल्य वृद्धि गरेको पनि उनको भनाइ थियो ।

 सरकारले पेट्रोलियम पदार्थ ढुवानीमा लगाउँदै आएको सडक दस्तुर र ग्यासको आपूर्तिमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर(भ्याट) हटाएमात्र इन्धनको मूल्य घटाउन सकिने मन्त्री महतोको तर्क थियो । ‘सरकारले भ्याट खारेज गर्छ भने पेट्रोल र ग्यासको मूल्य घटाउन सकिन्छ’ उनले भने ।    

पेट्रोलियम आयातमा निजी क्षेत्रको संलग्नतासम्बन्धी कानुन संसद्बाट पास हुन बाँकी रहेकाले पेट्रोलियम पदार्थको कारोवार गर्नमा निजी क्षेत्रलाई समस्या भएको उनले बताए ।

पेट्रोलियमको मूल्यवृद्धि गरेर निगमका कर्मचारीलाई बोनस खुवाउने विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने ‘सरकारले किनेर ल्याएको तेल बिक्रीबाट आएको नाफा बोनसका रुपमा दिइने छैन ।’

आयल निगमले हालै एलपिजी ग्यास प्रतिसिलिन्डर रु ७५ र पेट्रोल, डिजेल तथा मट्टितेलमा रु तीनका दरले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु