dashain
Monday, 15 October 2018 04:49 pm, Nepal

पत्रकारलाई मार्ने माओवादीको धम्की

मेचीकाली : 2010-12-05 12:43:21


बाजुरा, १९ मंसिर : बाजुराका पत्रकार रणवहादुर बिकलाई माओवादी कार्यकर्ताले ज्यानमार्ने धम्की दिएका छन् । बिक राष्ट्रिय समाचार समितिका बाजुरा समाचारदाता हुन्  ।  समाचारको विषयलाई लिएर उक्त पार्टीसम्बद्ध बाजुरा जिल्ला पशुस्वास्थ्य कार्यालयका सिद्धराज जैसीले आफूलाई मार्ने धम्की दिएको बिकले बताएका छन् । समाचारदाता बिकले गत कात्तिक २६ गते माओवादीका दुईजना वरिष्ठ स्थानीय नेताले गाउँलेका दुईवटा घोडा चरनक्षेत्रबाट नियन्त्रणमा लिएको समाचार सम्प्रेषण गरेका थिए ।

बिकले शान्तिसुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आवेदन पनि दिएका छन् ।     नेपाल पत्रकार महासङ्घ, बाजुरा शाखाले धम्कीको निन्दा गरेको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष नारायण न्यौपानेले एक विज्ञप्ति जारी गरी जनताको सुसूचित हुने अधिकारको रक्षा गर्न तथा चित्त नबुझेको विषयमा कानुनी उपचारको बाटो खोज्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।

     विज्ञप्तिमा अध्यक्ष न्यौपानेले धम्कीको निन्दा गर्दै सञ्चारकर्मीलाई निरुत्साहित नगर्न अनुरोध पनि गरेका छन् ।  यसैगरी, नेपाल प्रेस युनियन, रासस शाखाका अध्यक्ष कृष्ण सापकोटाले धम्कीको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताविरोधी गतिविधि नगर्न सम्बन्धित पक्षलाई अपिल गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु