Monday, 18 December 2017 03:04 am, Nepal

उदयपुर जिल्ला अस्पतालमा चिकित्सक अभाव

मेचीकाली : 2010-12-05 08:38:15


गाईघाट, १९ मंसिर  : उदयपुर जिल्लाको एकमात्र  जिल्ला अस्पतालमा गाइनाकोलोजिस्ट अर्थात् गर्भवतीहरूको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नहुँदा जिल्लाका गर्भवती महिलाहरु प्रभावित भएका छन् । अधिकांश महिला प्रसूतिसेवाका लागि अस्पताल आउने गरेको भए पनि चिकित्सकको अभावमा अन्यत्र जान बाध्य भएका छन् । जिल्ला अस्पताललाई ५० शैयाको सुविधासम्पन्न अस्पताल बनाउने प्रयास भइरहेका बेला चिकित्सक अभाव बढ्नाले स्तरीयसेवा प्राप्तिमा यहाँका सर्वसाधारण सशंकित भएका छन् ।

जिल्ला अस्पताल समितिका अध्यक्ष नारायण बुर्जामगर गाइनाकोलोजिस्टको दरबन्दीका लागि  पटक-पटक मन्त्रालयमा अनुरोध गरेको तर त्यसमा कुनै सुनुवाइ नभएको दुखेसो पोख्छन ।

चार लाख जनसङ्ख्या रहेको उदयपुरमा दुई लाख ६० हजारभन्दा बढी महिला छन् । प्रत्येक दिन पाँचजनाभन्दा बढी प्रसूतिका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु