Sunday, 17 December 2017 08:11 am, Nepal

चरा हेर्न कोशीटप्पु जाऔं

मेचीकाली : 2010-11-30 18:09:01


वारिपारि अग्लो खर, पट्टेर, ढड्डीले ढाकेका घाँसेमैदान। बीचमा सप्तकोशी। दुई बर्षअघि वस्तीतिर पसेर विध्वंश मच्चाएको कोशी यहाँ भने शान्त छ र त्यस्तै शान्त छन्, कोशी बगरका अर्ना। यसैले २०३२ सालमा यसलाई कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र घोषणा गरियो। सिसौ, खयर र सिमलका रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ। यसबाहेक, कोशीटप्पु चराको वासका रूपमा पनि प्रख्यात छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन्। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।

नदीको केही भाग समेत समेटेर १७५ वर्ग किमी क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन्। विश्वमै कहीँ नपाइने स्वाम प्याष्ट्रिज नामक चरो यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा रूस, श्रीलङ्का, भारत, तिब्बत आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन्। केही समय यहाँ बास बसेपछि यी चराहरूले पाकिस्तान, अफगानिस्तान हुँदै अफ्रिका, युरोपतिर बेग हान्ने चरा अध्येताहरू बताउँछन्। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै कर्‍याङकुरुङ, सारस, पानीहाँस हुलका हुल देख्न पाइन्छ। डल्पि्कन र घडियाल गोही पनि कोश टप्पुका आकर्षण हुन्।

कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ। यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ। अझ्ै हात्ती चढेर आरक्षण र नजिकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो। आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्िटङले समेत तान्नसक्छ। काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्िटङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मूलघाट गएर र्‍याफ्िटङ गर्दै चतरा भएर कोशीटप्पुसमेत र्झ्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ।

कोशीटप्पु आसपासमै पवित्र धार्मिक स्थल बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या, किरातकालीन दरबार, ऐतिहासिक विजयपुर, विष्णुपादुका जस्ता धार्मिक स्थलहरूले धर्मकर्ममा मन भएकाहरूको ध्यान खिच्न सक्छ। आरक्ष घुमेर नअघाउनेहरूका लागि नजिकै पूर्वाञ्चलकै सुन्दर शहर धरान, भेडेटार छन्। कोशीटप्पुको मात्रै भ्रमण गर्नलाई २/३ दिनको समय काफी हुन्छ तर आसपासका अन्य पर्यटकीय स्थलहरूको पनि भ्रमण गर्ने हो भने अरू १/२ दिन थप्नुपर्ने हुन्छ।

पुग्ने कसरी?

प्रवेशः धरान/इटहरी
यातायातः गाडी/हवाईजहाज
बासः होटल/रिसोर्ट
अवधिः ३ दिन
आकर्षणः चरा र अर्ना
उचित मौसम कात्तिक-फागुन
खर्चः रु.४०००-रु.६००० (बसबाट)
विराटनगरबाट करिब ५० किमी उत्तर-पश्चिम र धरानबाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजिकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झ्ुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ।

तपाई बसबाट जान चाहनुहुन्छ भने ५ देखि ८ हजारको खर्चमा आरक्ष र वरपरका क्षेत्र घुम्न सक्नुहुन्छ। थोरैमा तीन दिन र धेरैमा सात दिनमा यसको एकसरो भ्रमण गर्न सकिन्छ।

कोशीटप्पुमा हाल एउटा मात्रै रिसोर्ट सञ्चालनमा छ। तर आरक्षण घुमेर नजिकैका धरान, इटहरी या विराटनगरका होटल रिसोर्टमा बास बस्न जान सकिन्छ। जहाँ रु.३०० देखि ३००० सम्मका कोठा र रु.१०० देखि २५० सम्ममा आफ्ना छनौटका खाना खान र बस्न पाइन्छ। स्थानीय गाउँलेका घरहरूमा सस्तोमा समेत खान र बस्ने सुविधा उपलब्ध हुनसक्छ। धरान, इटहरी क्षेत्रमा दिनको रु.१२०० देखि रु.२५०० सम्ममा भाडाका ट्याक्सीहरू पाइने भएकाले कोशीटप्पु र आसपासका क्षेत्रको भ्रमणमा जानलाई गाह्रो छैन।

 

यो विषयका प्रतिक्रियाहरु

Class 7 studebt:Dec 19, 2010 12:39:46 PM

पर्यटन वर्ष २०११ सफल पारौ.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु