Tuesday, 23 October 2018 10:51 pm, Nepal

‘धान घरमा लाने होइन, हामीलाई बुझाउनु’

मेचीकाली : 2010-11-27 18:05:28


धान नबुझाए जे पनि हुन्छ : माओवादी

त्यसो गर्न हामी दिँदैनौं : सशस्त्र प्रहरी

बर्दिया, ११ मंसिर : एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले बर्दियाको राजापुर क्षेत्रका जग्गाधनीहरूको धानबाली भित्र्याउन रोक लगाएका छन् । माओवादीका स्थानीय नेताहरूले किसानहरूलाई आफूले तोकेकै ठाउँमा लगेर धान बुझाउन कडा निर्देशन दिएका छन् । उनीहरूले राजापुर गाविसका पूर्वअध्यक्ष एवम् काँग्रेस नेता विनोदध्वज चन्द, कृष्णप्रसाद सिग्देल, पूर्वमन्त्री दमनध्वज चन्द र जग्गाधनीहरू रामध्वज चन्द, प्रेमनाथ बहेललगायतका किसानको घरमा गई एकीकृत माओवादीका कार्यकर्ताको अनुमतिबिना बटैया नगर्न समेत निर्देशन दिएका छन् ।

उनीहरूका राजापुर, बदालपुर, भिम्मापुरलगायतका गाविसमा जग्गा रहेका छन् । हामीले तोकेका ठाउँमा लगेर धान बुझाउनु, त्यसपछि हामी जे गर्छौं त्यही हुन्छ, माओवादी कार्यकर्तालाई उद्धृत गर्दे एक किसानले बताए ।

केही दिनअघि राजापुर–१ डलैगाउँका प्रेमनाथ बहेलको जग्गामा लगाएको धानबाली बटैया गर्न लागेका किसान पुनारम थारुलाई एकीकृत माओवादीको एक समूह पुगेर दुई भाग माओवादीलाई र एकभाग बटैयादार किसानलाई राख्न भनेपछि सशस्त्र प्रहरीले धानको सुरक्षा दिएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर सुवेदीले जग्गाधनीहरूले समयमै जानकारी गराए धानको सुरक्षा गरी जबर्जस्ती गर्नेहरूलाई कारबाही गर्ने बताए । उनले सम्पत्ति उपभोग गर्न पाउने नागरिकको संवैधानिक हकको रक्षा गर्न आफूहरू तयार रहेको बताए ।  नेपाली काँग्रेस बर्दियाका सभापति सञ्जय गौतमका अनुसार अहिले पनि जिल्लाका सयौं बिगाह जमिनको बालीनाली जग्गाधनीले पाएका छैनन् ।

उनले पटकपटक गरेका सहमतिअनुसार कब्जा गरिएका जग्गाजमिन जग्गाधनीलाई नै फिर्ता गरी शान्तिप्रक्रियाप्रति इमान्दार हुन एमाओवादीलाई आग्रह गर्दै भने, जग्गाजमिन कब्जा बारे काँग्रेस केन्द्रीय समिति र सरकारलाई जानकारी गराइएको छ ।

शान्ति सम्झौतापछि पनि जिल्लाका तीन सयभन्दा बढी किसानका एकहजार ७००  बिगाह क्षेत्रफलमा लगाएको धानबालीमा माओवादीले कब्जा जमाउँदै आएका छन् । माओवादीले भने आफूहरूले नभई किसानहरूले जग्गा कब्जा गरेको बताएको छ ।

यो विषयका प्रतिक्रियाहरु

Bashanta Raj:Nov 28, 2010 03:30:48 PM

this mouiest become the group of crminal they are not any more political party a group criminal. in the name of politices they are doing criminal activcties they are radical and currupt and greedy better then to out in the jail for life time or hang then till death.

Upendra Adhikari Bhakunde,7 kavre:Nov 27, 2010 10:45:34 PM

माओवादिले राम्रा काम गर्न जानेकै छैन

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु