dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

बाजुरा सदरमुकाममा पनि एडीएसएल

मेचीकाली : 2010-11-26 15:48:45


बाजुरा- सुदूपरिश्चमको विकट जिल्ला बाजुराको सदरमुकाममा  नेपाल टेलिकमले एडीएसएल सेवा विस्तार गरेको छ । यसअघि इमेल तथा इन्टनेट सेवा सञ्चालनका लागि सीडीएमएको विकल्प थिएन । उपभोक्ताहरूलाई छिटो, छरितो र सर्वसुलभ तरिकाबाट इमेल–इन्टरनेट सेवा उपलब्ध गराउन एडीएसएल विस्तार गरिएको टेलिकमको बाजुरा शाखाले जनाएको छ । शाखाका अनुसार प्रारम्भिक चरणमा दुई लाइनबाट एडीएसएल सेवा विस्तार गरिएको छ । “धेरै खर्च र ढिलो सञ्चालन हुने सीडीएमए सेवाबाट हैरान बनेका उपभोक्ताहरूलाई राहत दिन एडीएसएल विस्तार गरेका हौं,” निमित्त कार्यालय प्रमुख मानबहादुर रोकायाले भने ।

१२८ देखि ५१२ किलोबाइट प्रतिसेकेन्ड (केबीपीएस)को ब्यान्डविथ भए पनि व्यक्तिविशेषका लागि १२८ र २५६ केबिपीएसमात्र प्रदान गर्न सकिने उनले बताए । संस्थागत उपभोक्ताले भने ५१२ केबीपीएससम्मको सेवा पाउनेछन् ।

बाजुराका तल्तो क्षेत्रका १६ गाविसमा यसै आर्थिक वर्षभित्र जीएसएम मोबाइल सेवा सञ्चालनको तयारी भइरहेको जानकारी रोकायाले दिए । “कोल्टी क्षेत्रका ११ गाविसका लागि सबै प्रक्रिया अगाडि बढाइसकिएको र जिम्मा डब्लुएचवाई कम्पनीले लिइसकेको छ,” उनले भने । जिल्लाका २७ मध्ये करिब २० गाविसमा मात्र टेलिफोन सेवा उलब्ध छ ।

यो विषयका प्रतिक्रियाहरु

dabal:Apr 27, 2012 04:51:10 PM

धन्यबाद तपाइलाई...........

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु