dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

सन्तानको आकांक्षा राख्दा झाँक्रीद्वारा बलात्कृत

मेचीकाली : 2010-11-25 07:10:04


बलात्कारी  तान्त्रिक पक्राउ
राजबिराज, ९ मंसिर  : 
एक निःसन्तान महिलाले सन्तानको आकांक्षा राख्दा झाँक्रीद्वारा बलात्कृत भएकी छिन ।  सप्तरी दिधवा–४, का दिनेश रामले धर्मपुर,४ की एक २५ बर्षीया महिलालाई छोरा जन्माई दिने भन्दै बलात्कार गरेका हुन् । बच्चा जन्माईदिन्छु भन्दै बलात्कार गरेको पिडित महिलाको जाहेरीका आधारमा सप्तरी प्रहरीले बलात्कारी  तान्त्रिकलाई  पक्राउ गरेको छ।  बैबाहिक बन्धनमा बाँधिएको एक दशक वितिसक्दा पनि सन्तान नभएपछि उनी बिभिन्न चिकित्सकको उपचारबाट थाकेर तान्त्रिकको बिश्वासमा परेकी हुन्।
 झाक्रीले महिलालाई मेरो आशिर्वादले शन्तान सुख प्राप्त हुन्छ भन्दै श्रीमानलाई बाहिरै राखेर झारफुकगर्न भनि कोठाभित्र लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक शिव मुखियाले बताएका छन् ।

पीडित महिलाको किटानी जाहेरी अनुसार झाक्रीको खोजीमा प्रहरी सक्रिय थियो। प्रहरीको टोलीले तीन दिन पछि बुधबार राति मात्र तान्त्रिकलाई पक्राउ गर्न सफल भएको हो। उजुरी दिएपछि बलात्कारका आरोपी दिनेश रामलाई पक्राउ गरि अनुसंधान शुरु गरेको मुखियाले बताए।

बलात्कारपछि तान्त्रिक रामले कसैसँग यो गोपनीयता खोले तन्त्र शक्तिबाट भष्म गरिदिने भन्दै धमक्याएको पीडित महिलाले प्रहरीलाई बताएकी छिन्। 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु