dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

अपहरण गर्ने गिरोह पक्राउ

मेचीकाली : 2010-11-23 12:37:38


राजविराज, ७ मंसिर : सप्तरी प्रहरीले  राजविराजमा बालक अपहरण गर्ने एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको गोप्य सूचना र सुराकीका आधारमा पक्राउ परेका चारजनालाई मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।पक्राउ पर्नेमा सप्तरीको अर्नाहा–१ का जयप्रकाश चौधरी र महिनारायण चौधरी तथा बनौली–७ का सुरेशकुमार चौधरी र लल्कु चौधरी रहेका छन् । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एकथान ल्यापटपसमेत बरामद गरेको छ ।

बरामद गरिएको ल्यापटप सभासद् रमणी रामको घरबाट केही महिनाअघि लुटिएको जानकारी प्रहरीले दिएको छ ।

उनीहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान थालिएको प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । दुई दिन अघिमात्र सभासद् रमणी रामका पति भोला रामलाई अपहरण गरी लुटपाट गर्ने गिरोहको मुख्य नाइके मैनाकडेरी–५ का काशिन्द्र यादवलाई लुटिएको कम्प्युटरसहित प्रहरीले पक्राउ गरेको थियो ।

सप्तरी जिल्ला अदालतले यादवलाई सोमबार पुर्पक्षका लागि कारागार पठाएको छ ।  उनीहरुको समूहले नाबालकलाई ललाइफकाइ बोलाएर अपहरण गरी भारत पु¥याउने गरेको सप्तरीका प्रहरी निरीक्षक साहले बताए । अपहरणकारी समूह पक्राउ परेपछि प्रहरीले अपहरित बालक जनककिशोर चौधरीको समेत उद्धार गरेको छ ।

राजविराज–६ स्थित देवकी बाल विद्या मन्दिरमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालक जनककिशोरलाई भारतको लौकही जिरो माइल नजिकबाट सकुशल मुक्त गराउन सफल भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु