Sunday, 23 September 2018 06:40 am, Nepal

महिला हिंसाविरुद्ध अभियान

मेचीकाली : 2010-11-22 09:38:29


मन्थली, ६ मंसिर : समाजमा व्याप्त महिला हिंसा अन्त्यका लागि आगामी २५ नोभेम्बरदेखि १४ डिसेम्बरसम्म १६ दिने अभियान सञ्चालन गरिने भएको छ ।    विभिन्न गैरसरकारी संस्थाको आयोजनामा सञ्चालन हुने उक्त १६ दिने अभियानमा रामेछापबाट महिला मानव अधिकार सञ्जाल रामेछापले सहभागिता जनाउनेछ ।अभियानको पहिलो दिन २५ नोभेम्बरका दिन राजधानीमा हुने महिला हिंसासम्बन्धी सयुक्त राष्ट्रसङ्घको विशेष प्रतिवेदकसँग रहेर महिला हिंसा र त्यसको न्यूनीकरणका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

    ओरेक नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिने उक्त कार्यक्रमको अवधिभर केन्द्र तथा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, मानवअधिकार तथा सञ्चारकर्मी, राजनीतिक दल र समाजका प्रतिनिधिलाई भेटेर नेपालका ग्रामीण तथा सहरी भेगमा हुने गरेको महिला हिंसा र त्यसको न्यूनीकरणका बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने रहेको आयोजक संस्थाकी अध्यक्ष गङ्गा कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु