dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

सौराहामा अन्तरिक पर्यटकको घुइँचो

मेचीकाली : 2010-11-19 18:24:43


चितवन–पर्यटकीय मौसमको सुरुवातसँगै आन्तरिक पर्यटकले यतिबेला सौराहा भरिभराऊ भएको छ । देशको विभिन्न जिल्लाबाट आएका पर्यटकहरू यहाँका पर्यटकीयस्थलहरूमा रमाइरहेका देखिन्छन् ।   नेपालको तेस्रो गन्तब्यस्थलको रूपमा चिनिएको चितवन राष्ट्रिय निकुञ्ज हात्ती चढेर खुला घाँसे मैदान मागैंडा, बाघ, सुन गोहोरो, चितुवा, मृग, जरायो, बँदेल र मयूरलगायतका दुर्लभ वन्यजन्तु एवम् चराचुरुङ्गीको दृश्यावलोकन गर्नका लागि पर्यटकहरूको लस्कर भेटिन्छ, यहाँ ।     चितवन राष्ट्रिय निकुञ्जसँंगैको सौराहा, कसरा र बागमारा सामुदायिक वनको हराभरा ग्रामीण परिवेशले यहाँ आउने पर्यटकलाई अझ बढी मनोरम अनुभूति गराउँछ ।   वनभित्रको सिमसार क्षेत्रको संरक्षणमा सामुदायिक वनले सहयोग पु¥याएकाले जङ्गल पदयात्रा र वातावरणीय पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको छ ।  

  अविरल बगिरहने राप्ती र नारायणी नदीको जलक्रिडा, नौकाबिहार, दुर्लभ मगरगोही र चखेवाको दृश्यावलोकन उक्त निकुञ्जको थप आकर्षण हो ।

    जनकपुरबाट यहाँ आएका मोहनप्रसाद महतो र रामवृक्ष साहलाई यहाँको सुन्दरताले लोभ्याएको छ । सुनेको भन्दा पनि आफँैंले देखेको सौराहा झनै राम्रो लाग्यो, उनीहरूले भने– मङ्सिरको मध्यतिर सपरिवार सौराहा आउने सोच बनाएको छु ।     विशेष गरेर चाडपर्वको बिदामा रमाइलो गर्नका लागि अधिक मात्रामा पर्यटक भित्रिने क्रम बढेपछि व्यवसायीहरूले सौराहालाइ पे होलिडेको रूपमा विकास गनुपर्ने माग गरेका छन् ।

    यतिबेला सौराहा भ्रमणका लागि अनुकूल मौसम हो र त्यसमा पनि निकुञ्जभित्र हात्ती सफारीले धेरैलाई आकर्षित गर्ने गर्छ । सौराहा भ्रमणमा आउने ९० प्रतिशत पर्यटक हात्ती चढेर राष्ट्रिय निकुञ्जभित्र दृश्यावलोकन गर्न चाहने हुँदा निकुञ्ज बाहिरका व्यवसायीहरू निकुञ्जका सीमित हात्ती पाउन नसकेर उचित सेवा प्रदान गर्न नसकेको गुनासो गर्छन् ।

    सौराहाको ठमेल चोकमा दिनहुँ बस र गाडीबाट सौराहा भित्रिने र बाहिरिनेमा विदेशीभन्दा स्वदेशीको सङ्ख्या बढी हुन्छ । यतिबेला दैनिक ५०० देखि ८०० सम्मको हाराहारीमा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।

    सौराहास्थित गार्डेन गेस्टहाउस बुल बुल नेष्टका सञ्चालक अर्पण श्रेष्ठले भन्नुभयो– ‘यतिवेला यहाँ आन्तरिक पर्यटकको लहर नै चलेको छ । मुस्किलले दैनिक ५०÷६० जना हात्ती चढेर दृश्यावलोकन गर्ने जङ्गलभित्र अहिले सयौँंको सङ्ख्यामा हात्ती चढेको पर्यटकहरू भेटिन्छ । अहिले बिहानदेखि बेलुकीसम्म हात्ती चढेर निकुञ्जको दृश्यावलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ ।

    रक्सौलबाट कोलकाता, मुम्बई र दिल्लीलगायत भारतका प्रमुख शहरसँग सीधा रेलसेवा भएकाले भारतीय पर्यटक रक्सौल हँुदैं वीरगन्ज भएर सौराहा आउने गरेका छन् ।

यो विषयका प्रतिक्रियाहरु

deepika pandit:Jan 31, 2011 10:48:31 PM

राम्रो छ
हो नेपाली परेतक auchan

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु