dashain
Wednesday, 17 October 2018 12:43 am, Nepal

कांग्रेस नेताको हत्याको विरोधमा वर्दिया वन्द

मेचीकाली : 2010-11-18 09:57:07


Bardiyaवर्दिया, २ मंसिर : नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्वर-३ का कोषाध्यक्ष एवं अगुवा कार्यकर्ता दलबहादुर गुरुङको हत्याको विरोधमा कांग्रेस बर्दियाले आजदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि जिल्लामा सवारी साधन चल्न सकेका छैनन भने बजार पनि बन्द रहेको छ । प्रेस, एम्बुलेन्स, दमकल, शव वाहन लगायतका सवारी साधनलाई भने कुनै रोकावट नगरिएको कांग्रेसले जनाएको छ । गुलरिया, बाँसगढी, ताराताल, मैनापोखर लगायतका क्षेत्रका प्रमुख बजार आज सुनसान रहेका छन् ।

विहानैदेखि कांग्रेसका कार्यकर्ताहरु बन्द सफल पार्न ठाउँ-ठाउँमा परिचालित भएका छन् । बन्दले जिल्लाको जनजीवनलाई पुरै प्रभावित बनाएको छ। गत २९ गते राती गुरुङको तारातालमा अज्ञात समुहले हतियार प्रहार गरी हत्या गरेको थियो । अभियुक्तलाई प्रक्राउ गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने लगायतका माग राखेर जिल्ला बन्द गरिएको नेपाली कांग्रेस जिल्ला सचिव तेजबहादुर भाटले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु