dashain
Wednesday, 17 October 2018 07:18 am, Nepal

'यसरी चिरे मेरो औंला'

मेचीकाली : 2010-11-18 08:46:51


कैलाली,  २ मंसिर :  'केही पनि नदेखिने घनघोर जंगलमा लगेर ब्लेटले चिर्न लाग्दा तपाँइहरु सँग भेट होला जस्तो लागेको थिएन,' समाचार लेखेकैले नियन्त्रणमा लिई जंगलमा लगेर हातका औला चिरिएका स्थानिय पत्रकार सुशिल ढुंगानाले भावुक हुँदै भने।  समाचार लेखेको बिषयलाई लिएर उनीलाई नियन्त्रणमा लिएर जंगलमा लगी कुटपिट गर्ने र औंला चिर्ने कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। घटनापछि पनि केही व्यापारीबाट धम्की आउने क्रम नरोकिएको उनले बताएका छन।

सदरमुकाम धनगढीबाट करिव ६५ किलोमिटर दुरीमा रहेका दरक गाविस वानं ५ पर्ने सुख्खडवाट प्रकाशित घोडीघोडा सन्देश सप्ताहिकका प्रकाशक ढुंगानालाई सोमबार दिउसो ३ बजे नियन्त्रणमा लिएर साढे ६ बजेसम्म मौहन्याल सामुदायिक बनभित्र लगेर कुटपिट गरि औला चिरेका थिए।

'सोमबार दिउसो पत्रिकाकै कामले साढेपानी दशरथ उच्च मा.वि. गएर सुख्खड तिर पैदल हिडेर आउँदै थिए। साढेपानीको नयाँ बजारबाट डेढसय मिटर जति अगाडि पुगिसकेको थिएँ। पछाडीबाट अशब्द बोल्दै 'ए रोक' भनेर कराएको अवाज आयो। ३ वटा मोटर साइकलमा ५ जना आएर 'जंगलमा हिँड कुरा छ' भने, मैले यतै कुरा गरौ भनेपछि कुटपिट गर्दै जंगल भित्र लगे,' पीडित पत्रकार ढुंगानाले बताए।

उसैवेला कतैबाट फोन आएको र फोन रिसिभ गर्न नदिई खोसेर स्विचअफ गरेको उनले बताए। 'वरिपरि केहि पनि नदेखिने घनघोर जंगल थियो। कसैले मुक्काले हान्थे, कसैले खुट्टाले हान्थे। गालिगौलचको कुरै नगरौं,' ढुंगानाले साढे ३ घण्टासम्म जंगलमा राखेको बताए।

एक जनासँग खुकुरी र एकजनासँग रड पनि थियो। तँलाई मारेर यहाँ गाडिदियो भने कसैले पनि थाहा पाउदैन भनेर धम्काउथे। 'म कुटपिटले अर्धबेहोस भइसकेको थिए। एकजनाले यसलाई ब्लेटले चिरेर नुनचुक हाल्नुपर्छ भनेर ब्लेट निकाले, पछि ब्लेटले दुवै हातका औला चिरे,' उनले सुनाए।

समाचार लेखिस र यो कुरा कसैलाई भनिस भने राम्रो परिणाम हुदैन भनेर उनलाई छाडेका थिए।  त्यसपछि डरले राति सुख्खड बजारबाट २ किलोमिटर टाढा रहेको काकाको घरमा गएर रात बिताएको उनले बताए। रातभरी निद्रा नलागेको उनले बताए।

उनले बुधबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन। उनको घाँउ, जाँच फारम भरेका प्रहरीले जनाएको छ। घटना पछि बुधबार बिहानपनि सुख्खड बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम सापकोटाले फोन गरेर समाचार लेखेर सुख्खड बजारको बदनाम गर्ने भनेर धम्की दिएको पिडित ढुंगानाले बताए।

आइतबार उक्त सप्ताहिकमा तस्करी र कमिशनखोरी बढ्यो भन्ने समाचार छापिएको थियो। समाचारमा कैलालीका लालवोझी, खग्रौला, भजनी लगायतका नाकाबाट भन्सार छलेर करोडौको तस्करी भइरहेको र त्यसको कमिशन प्रहरीले पनि खाएको उल्लेख गरिएको थियो।

न्यु चौलागाई ट्रेडर्समा ३ सय २० वोरा सिमेन्ट ल्याए वापत प्रहरीले पैसा खाएको, मुढामा यौनकर्मी महिलासँग यौन सम्पर्क गर्ने ब्यक्तीबाट प्रहरीले कमिशन खाने गरेको समेत उल्लेख गरिएको थियो।

समाचार निस्केकै दिन आइतबार साँझ सुख्खडका स्थानीय व्यापारी श्याम आचार्यले बजारको बदनाम गरायौं, एक्लै हिड्छौं ख्याल गर्नु भनेर धम्की दिएको उनले बताए।

२२ बर्षिय पत्रकार ढुंगाना बिगत ५ बर्षदेखि सुख्खडमा रहेर पत्रिकामा काम गर्दै आएका छन। यस अघि उनले कैलालीवाट निस्कने बिभिन्न स्थानिय पत्रिकामा आबद्ध भएर काम गर्ने गरेका थिए। ५ महिना देखि यो घोडीघोडा सन्देश सप्ताहिक प्रकाशन गरिरहेका छन।

'जंगलमा औला चिरेर छोडेपछि निकै हतासमा र रक्ताम्य औला लिएर मेरो डेरामा आएको थियो।' सुख्खडका पत्रकार होमप्रसाद सुवेदीले भने- यो घटनाले हामी ग्रामिण क्षेत्रमा रहेर काम गरिरहेका सवै पत्रकार त्रसित बनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद बिडारीले अपराधीको खोजी गर्न प्रहरी परिचालन गरेको बताएका छन।

इलाका प्रहरी कार्यालय सुख्खडमा बुधवार नै धम्काउने ब्यापारी श्याम आर्चाय र सापकोटाका बिरुद्ध पनि उजुरी दर्ता गराएको पत्रकार ढुंगानाले बताए।
-nagariknews

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु