dashain
Wednesday, 17 October 2018 06:59 am, Nepal

अनौठो शिशुको जन्म

मेचीकाली : 2010-11-14 16:44:31


राजविराज, २८ कात्तिक : राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा आज बिहान एकजना महिलाले अनौठो किसिमको बच्चा जन्माएकी छन् ।  सप्तरीको पकरी गाविस–४ बस्ने मोहम्मद बसिरकी २८ वर्षीया श्रीमती महिरून खातुनले आइतबार बिहान महिला वा पुरुष भनेर केही नछुट्टिने बच्चालाई जन्म दिएकी छन् । बच्चाको टाउको अनपेक्षितरूपमा ठूलो, नाक नभएको तथा आँखाको ठाउँमा दुईवटा सानो प्वालमात्र भएको बच्चालाई जन्म दिएकी छन् । बच्चाको शरीर पूर्णरूपले विकसितसमेत भएको छैन ।

बच्चालाई हेर्न अञ्चल अस्पतालमा भिड नै जम्मा भए पनि बच्चाका परिवारका सदस्यहरूले कसैलाई पनि हेर्न भने दिएनन् । छैठौँ सन्तानको रूपमा जन्मिएको उक्त बच्चा जीवित नै रहेको चिकित्सकहरूले बताएका छन् ।

पाँचौ सन्तान पनि यस्तै किसिमको जन्मिएको र केही घन्टामै मृत्यु भएको बसिरको कथन छ । अहिले उनको तीन सन्तान घरमा जीवित छन् भने यसअघि दुईवटाको मृत्यु भइसकेको छ ।

सुत्केरी महिरून भने स्वस्थ रहेको र अस्पतालले आमा तथा बच्चालाई डिस्चार्ज गरिसकेको जनाइएको छ ।     आफूले पहिलोपटक यस्तो बच्चालाई हेरेको अञ्चल अस्पतालकी स्त्री तथा प्रसूति रो विशेषज्ञ डा दीपा यादवले बताइन् । मुस्लिम समुदायमा आफ्नो रगतको नातामासमेत विहेबारी हुने गरेकाले पनि यस्तो अनौठो बच्चाको जन्म भएको हुनसक्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु