dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

‘माओवादी थन्कोमा बस, बढ्ता नचम्क’

मेचीकाली : 2010-11-14 12:45:12


गुल्मी, २८ कात्तिक :  एमालेका प्रभावशाली नेता केपी ओलीले शान्ति प्रक्रियामा आइसकेपछि विगतमाजस्तो अराजक गतिविधि नगरी जिम्मेवार राजनीतिक पार्टी बन्न माओवादीलाई आग्रह गरेका छन्  । उनले माओवादीले देशलाई असफल राष्ट्र बनाउन प्रयास गरेको आरोप लगाउँदै मुलुक असफल भएमा त्यसले कसैलाई पनि फाइदा नहुने बताए । एमाले प्रचार विभाग गुल्मीले तम्घासमा गरेको पत्रकार सम्मेलनमा नेता ओलीले माओवादीका कारण देश स्थानीय निकायविहीन, सरकारविहीन र बजेटविहीन हुनुको साथै शान्ति स्थापना हुन नसकेकाले अब देश असफल राष्ट्र बन्न गएमा त्यसको जिम्मेवारी पनि माओवादीले नै लिनुपर्ने बताए ।

उनले भने, ‘माओवादी थन्कोमा बस, बढ्ता नचम्क ।’ उनले एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि अहिलेसम्म सहमतिको अधिकतम् प्रयास गरिरहेको तर सहमति भनेको अनन्त हुन नसक्ने बताए । नेता ओलीले नेकपा एमाले गुल्मीको प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै माओवादीको गैरजिम्मेवारी कार्यले संविधान निर्माण कार्य अवरुद्ध भएको बताउँदै उनले हतियारसहितको माओवादीलाई कुनै हालतमा पनि सरकारको नेतृत्व दिन नसकिने बताए । सत्ता कब्जाको उद्देश्य राखेकाले माओवादीलाई कुनै हालतमा सरकार चलाउन नदिने ओलीले बताए ।

माओवादीले बजेट पास गर्न नदिएर देशलाई असफल राष्ट्र बनाउने प्रयास गरेकाले अध्यादेश जारी गरेरै भए पनि बजेट ल्याउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु