dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

हेलिकोप्टरमा रहेका दुबैजना मारिए

मेचीकाली : 2010-11-07 17:19:38


फलोअप- फिस्टेल एअरको होलिकोप्टर  दुर्घटना

सोलुखुम्बु, २१ कात्तिक : लुक्लाबाट सोलुखुम्बुको आमाडब्लम हिमालको बेस क्याम्पका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर आइतबार बिहान बेस क्याम्प नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुक्ला पुगेर पर्वतारोहीलाई उद्धार गर्न गएको बेला हेलिकप्टर दुर्घटना भएको फिस्टेल एअरले जनाएको छ । दुर्घटनामा क्याप्टेन सबिन वस्नेत र इन्जिनियर पूर्ण आवालेको मृत्यु भएको छ । बिरामी परेका जापानी पर्वतारोहीको उद्धारका लागि गएको हेलिकप्टरमा क्याप्टन र इन्जिनियर मात्र थिए ।

नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख विष्णु अधिकारीले दिएको जानकारी अनुसार विहान ९ बजेर ५० मिनेटमा उक्त हेलिकप्टर आकाशबाट सिधा खंसेको थियो । प्रतिकुल मौसमका कारण १८ हजार फिट उँचाईमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको लुक्ला विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु