dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

दुर्घटनाबाट बचे स्वीस सभामुख

मेचीकाली : 2010-11-03 15:05:46


सोलुखुम्बु, १७ कात्तिक : स्विस सभामुख पास्कल र राजदूत थोमस गेस चढेको हेलिकोप्टरमा अचानक खराबी देखिएको छ। ओखलढुङ्गाको रुम्जाटार विमानस्थलबाट उडेको हेलिकोप्टर सोलुखुम्बूको फाप्लु विमानस्थलमा अवतरण गर्नासाथ खराबी देखिएको थियो। फिस्टेल एयरको उक्त  हेलिकप्टरमा खराबी आए पनि ठूलो दुर्घटना भने टरेको छ। सोलुखुम्बूमा स्विस सरकारको लागानीमा सञ्चालित आयोजनाहरु निरीक्षणका लागि फाप्लुमा अवतरण गरिसकेपछि हेलिकप्टर फेरि रुम्जाटार फर्कन लाग्दा प्राविधिक खराबी आएको चालक दललाई उद्धृत गदै नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ।

उक्त हेलिकप्टर मर्मतका लागि आजै काठमाडौंबाट फिस्टेल एयरकै अर्को हेलिकोप्टरमार्फत् इन्जिनियरहरुको टोली आउने नागरिक उड्डयन, फाप्लुका प्रमुख विष्णु अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु