Friday, 24 November 2017 12:26 am, Nepal

रामेछापका उद्योग फस्टाए

मेचीकाली : 2010-10-27 11:29:22


रामेछाप, १० कात्तिक : स्थानीय खिम्तीबजारमा सञ्चालित उद्योगहरू फस्टाएपछि त्यहाँका उद्यमी उत्साहित भएका छन् । ग्रामीण उद्योग विकास केन्द्र दोलखा, खिम्ती छिमेक विकास र लद्यु उद्यम विकास कार्यक्रमको सहयोगमा खिम्तीबजारमा आइसक्रिम उद्योग, तरकारीखेती, बेकरी उद्योग, सिलाइकटाइ तालिम र ब्युटिपार्लर तथा इलेक्ट्रोनिक सेन्टर, कुखुरापालनजस्ता एक दर्जनभन्दा बढी उद्योग सञ्चालित छन् ।  स्थानीयस्तरमा समूह गठन गरी त्यसै मार्फत उद्यम विकास कार्यक्रमले सहयोग गर्दै आएको जिल्ला लघुउद्यम विकास सङ्घका उपाध्यक्ष हरिशचन्द्र घिमिरेले बताए ।

    सञ्चालित उद्योगहरूमध्ये आइसक्रिम उद्योग अत्यधिकरूपमा फस्टाएको छ भने स्थानीयस्तरमा सीप सिकेर गाउँगाउँमा रोजगारी पाएकाहरूले विभिन्न उद्योगमार्फत राम्रो आम्दानी गर्दै आएको स्थानीय सहजकर्ता धुमा मोक्तानले बताए । सहजकर्ता मोक्तानका अनुसार गरिब र उत्पीडितहरूलाई समूहमा समेटेर आयआर्जन वृद्धिका कार्यक्रम सञ्चालन गरिएको थियो ।

    उद्यमी देवबहादुर खड्काका अनुसार एक लाख ८५ हजार रुपैयाँको लगानीमा सुरु भएकोे आइसक्रिम उद्योगबाट दैनिक पाँच सय रुपैयाँ आम्दानी हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु