Sunday, 24 September 2017 02:32 pm, Nepal

साँगा जाँदा होस् गर्नुस् !

मेचीकाली : 2010-10-23 16:42:05


हाँस किचे हजार जरिवाना

साँगा (काभ्रे), ६ कात्तिक : एसियाकै सबैभन्दा ठूलो महादेवको मूर्तिको दर्शनका लागि काभ्रेको साँगातर्फ जाने योजना बनाउनुभएको छ भने त्यहाँ चरिरहने हाँसलाई विशेष ख्याल राख्नुहोस्, नत्र चर्को जरिवानाको फन्दामा पर्न सक्नुहुन्छ ।महादेवको दर्शनका लागि जाने भक्तजनहरूको सवारीले हाँस किचेवापत प्रति हाँसको रु एक हजार मूल्य तिर्न लगाइन्छ । उकालोमा ब्रेक लगाउँदा–लगाउँदै पनि हाँसलाई पछाडिको चक्काले किच्ने र स्थानीयवासीले विभिन्न बखेडा झिकी भक्तजनलाई दुःख दिने गरेकाले आफूलाई चिन्ता लागेको समाजसेवी माधवनारायण जोशीले बताए ।

अलपत्र छाडिएका हाँस सडकका विभिन्न भागमा सर्वत्र चर्ने गरेको र किचिहालेमा जरिवाना पाइहाल्ने र किचिएको हाँसको मासु पनि आफूले नै खान पाउने भएपछि स्थानीयवासीको अराजकता बढेको स्थानीय सुकदेव जोशीले बताए । स्थानीयवासी गल्ती गर्छन् र त्यसको भागिदार भने अरूले व्यहोर्नुपर्दा जो कोहीको चित्त दुख्नु स्वाभाविकै हो ।

आफ्नो मोटरसाइकलले पनि हाँस किचेको र त्यसको रु एक हजार जरिवाना तिर्नुपरेको गुनासो सुकदेवको छ ।  स्थानीय हाँस पालक किसानको अराजकताको विषयलाई लिएर गाविसको कार्यालयमा छलफल चलाउँदा पनि जथाभावी सडकमा हाँस छोड्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनसमक्ष उजुरी दिने अन्तिम तयारीमा रहेका उनले बताए ।

यो विषयका प्रतिक्रियाहरु

milan dyola:Jun 27, 2012 09:09:32 AM

sanga ma vayeko nepal ko thulo mahadev lai herna kaha ho road ma haas 6ki6ina hernu paryo,,,

Durga tamang:Jan 12, 2012 06:34:22 PM

Saga basi mitra harulya yasto shorti bawana lai tyak garera nishortha bawana linu paryo.....

Sabin Giri:Dec 12, 2011 07:27:07 AM

सागा नेपाल को यौटा सानो ठाउँ हो सागालाई बिशो मा चिना उने मन्दिर सिवा को मुर्ति हो सो किन संगाली बस्ति ले आफ्नो ठाउँको भेजोता गरेको होला

mr kavre :Nov 27, 2011 11:09:36 AM

यो त सरासर ठगि हो यस्तो कार्य गर्ने लाई ठगि मुद्धामा जेल हाल्नु पर्छा

Ramesh:Nov 9, 2011 01:35:21 PM

business motive and profit oriented religious so called shiva statue does not help as lord Pashupati does

manjulal Shrestha:Jul 19, 2011 01:47:52 PM

मुर्तिको स्थापना नै ब्यापारिक हिसाबले गरेको छ भने ओरिपरिकाले पनि मौका मा चौका हान्नु सोभाबिकै हो नि हैन र ? मुर्तिको नाम मा गर्ने ब्यापार रोक्नु पर्यो र जथाभावी पशु पन्छी छाड्नेलाइ कारबाही गर्न प्रहरी प्रशासन दरो मुटु लियर बढ्नु पर्यो/

Bal Tamang:Jun 11, 2011 02:41:55 AM

सभ्य समाज भाको ठाउमा मन्दिर बनाको भएपो हुन्छ

Rajkumar bajgain:Feb 4, 2011 12:53:53 PM

मलाई मेचिकाले अक्दमै मन पर्छ म चाहन्छु मेरो लेख समाचार पनि एस्मा राख्न सकु के म पनि एसको सम्बाददाता बन्न सक्छु?

Rajendra giri tukucha 9:Jan 25, 2011 11:27:19 PM

yesto garni lie ta samajek danda dinu pardachha . ra samaja bejot garnu pradcha .haas jata bhabi chodne lai 1000 jarabna teraunu pardacha

hari sigdel:Oct 27, 2010 09:08:50 PM

हैन यो धर्म को नाममा डबल फाइदा उठाउने नया धन्दा गर्न त थालेनन सागलिले /स्थानि या जनता को हास लाई नियन्त्रण नगर्ने हो vaane यस्ता धेरै भक्त जन हरुको सिबजी को दर्सन निकै महँगो पर्ने निस्चित्नै छ/सागाली हरु हो,!! यस्तो घिर्नित कार्य समयमा नै बन्द गर्न म अनुरोध गर्न चाहन्छु/

Juna Waiba:Oct 27, 2010 04:36:21 PM

baastabma sanga baasile yesto dukha dinu uchit haina. yo ta sara sar galat bhai hallyo ni hainara. molai lagchha aafno gauma aaune bekty satru nai bhaye pani pahuna nai hunchha bhaninchhani athity deva bhawa. tara sanga basile shivako apaman gardaichha jasto lagyo

BAL KRISHNA GHIMIRE KUWAIT:Oct 25, 2010 07:50:56 PM

बाटोमा हास छाड्ने अनि पैसा पनि लिने हासको मासु पनि घिच्ने यस्ता अपराधि भएका ठाउमा महादेवको मुर्ति स्थापना गर्दा त यिनीहरुलाई कमाइ खाने भाडो पो भएछ | यिनीहरुले त बुढा भएका आमा बाहरुलाई पनि सडकमै सुताएर पैसा असुल नगर्लान भन्न सकिन्न है ! होसियार साँगालि आमा बा हरु !!

jen kumar lama:Oct 25, 2010 03:12:41 PM

नेपालको सबै भन्दा ठुलो महादेवको मुर्ति भएको स्थान भक्तपुर जिल्लामा भए पनि बिशेष गरि महादेवको मुर्ति रहेको स्थानलाई साँगा नै भनेर चिनिन्छ उक्त महादेवको दर्शन गर्नलाई देश विदेश बाट आउनु भएको दर्शनार्थी वा पर्यटकलाई सबै सांगाली बासीले दर्शनार्थीलाई पर्न गएको समस्या वा असुविधालाई ध्यानमा राखेर आफ्नो घरमा पालेको घरयासी पाल्तु जनावारलाई बाटोमा खुला नछोडी दर्शनार्थीलाई मन बचनले सहयोग गर्नु नै धर्म गर्नु हो....
जेन लामा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु