Wednesday, 20 June 2018 02:03 am, Nepal

मैनबत्ती बालेर सिडियो कहाँ जाँदै नेताहरु

रासस : 2010-10-22 13:48:17


-शान्तिसुरक्षा अस्तव्यस्त भएको आरोप

कपिलवस्तु, ५ कात्तिक :  कपिलवस्तु जिल्लाको शान्ति सुरक्षाको स्थिति अत्यन्तै दयनीय भएपछि कपिलवस्तुको सर्वदलीय समितिको बैठकले मैनबत्ती बालेर प्रमुख जिल्ला अधिकारी कहाँ जाने निर्णय गरेको छ । जिल्लाका सम्पूर्ण राजनीतिक दलका शीर्ष नेताहरु सम्मिलित बैठकले शान्ति सुरक्षा अस्तव्यस्त भएको, प्रहरीको भूमिका जनताले देख्न छाडेको, सरकारी कार्यालयमा ढिलासुस्ती, तस्करी अपराधले जनजीवन प्रभावित बनेको निष्कर्ष निकाल्दै प्रजिअ लक्ष्मण थापालाई ध्यानाकर्षण गराउने निर्णय गरिएको राप्रपाका रामआशिष पाण्डेले बताए ।

एकीकृत माओवादीको संयोजनमा काँग्रेस, एमाले, तमलोपा, मधेशी जनअधिकार फोरमसहितका दलका नेताहरु सहभागी बैठकले जिल्ला परिषद्बाट भएका निर्णयहरु स्थानीय तहमा कार्यान्वयन हुन नसकेको समेत ठहर गर्दै तत्काल कार्यान्वयनको पहल गर्ने निर्णय गरेको छ ।

एकीकृत माओवादीका अनुप बरालका अनुसार राजनीतिक दलहरुले आफ्नै पहलमा बैठक बसेर जिल्लाको समग्र अवस्थाको बारेमा छलफल गरी एकीकृत भूमिका निर्वाह गर्ने सहमति भएको छ ।

कपिलवस्तुका १४ वटा दलहरु जिविसको संयन्त्रमा सहभागी रहेका छन् । प्रजिअको समन्वयमा जिल्लाका सुरक्षा अधिकारीहरुसँग संयुक्त  बैठक राखी प्रभावकारी काम गर्न वा जिल्लाबाट सरुवा भई अन्यन्त्र जान चेतावनी दिने सहमति भएको एक नेताले बताए ।

उच्च तहका प्रहरी अधिकृतहरु तस्कर र अपराधीसँग मिलेकाले शान्ति सुरक्षा खल्बलिएको निष्कर्ष निकालेका छन् । हालैका दिन कपिलवस्तु कारगारबाट ११ जना कैदी बन्दी फरार भएको, चारजनाको हत्या भएको, तीनवटा उद्योगमा बम विस्फोटन भएको, लुटपाट र चोरी तस्करीका घटना दिनदिनै बढेको घटनाहरुका लागि प्रहरीको कमजोर भूमिका जिम्मेवार ठानिएको छ ।

यो विषयका प्रतिक्रियाहरु

Sagar:Oct 31, 2010 03:32:55 PM

good

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु