dashain
Wednesday, 17 October 2018 07:31 am, Nepal

५६ अपराधी अझै समातिएनन्

मेचीकाली : 2010-10-15 14:26:45


डोटी, २९ असोज : अपराधमा संलग्न रहेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहरिएका अपराधिहरुलाई लामो समय बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । जिल्ला अदालतको तथ्यांक अनुसार २०३९ साल यता मात्रै ३६ अपराधीहरु फरार छन् । फरार रहेका अपराधीहरु मध्य पनि कर्तव्य ज्यानको मुद्धामा जेल सजाय तथा दण्ड जरिवाना नतिरेका अपराधी अधिक रहेका छन् । अदालत बाहेक जिल्ला प्रहरीमा नाम किटानीका साथ उजुरी पर्दा पनि पक्राउ नपरेका २० जना रहेका छन् । 

अपराधीक घटनामा संलग्न ५६ मध्य जिल्ला प्रहरीमा हत्याको अभियोगमा किटानी उजुरी परेर पाच जना पक्राउ पर्न सकेका छैन । चालु मुद्धा रहेकाले प्रहरीको र्सबाधिक खोजीमा रहने यस्ता अपराधी पक्रन र्सतकता देखाएको भएपनि अदालतबाट दोषी ठहरिएकालाई पक्रन भने प्रहरी सफल भएको छैन । तर प्रहरीले भने अदालतबाटै अपराधी पक्रनका लागि समन्वयात्मक भुमिका नरहेकाले पक्राउ गर्न कठिन रहेको बताउछन् । 'हामीलाई अदालतले कस्लाई दोषी ठहरायो, के सजाय पाउने हो, को फरार छन् भन्ने जानकारी नै दिन्न', मुद्धाफाटका सहायक निरिक्षक तेज बहादुर चन्दले बताउनुभयो र 'त्यसमा पनि अधिकांस अपराधी खुला सिमानाको फाइदा उठाउदै जिल्ला बाहिर तथा भारतमा बस्दै आएकाले पक्राउ गर्न असजिलो भइरहेको पनि उहाँले बताउनुभयो । अहिले भने सर्बोच्च अदालतले फच्र्यौट गरेको प्रत्येक मुद्धाको जानकारी अदालतले जिल्ला प्रहरीलाई पनि दिने  ब्यवस्था गरेको छ ।जिल्ला अदालतले पनि प्रहरीको निस्कृयताको साथै खुला सिमानाका कारण अपराधी भारतमा बस्दै आएकाले अपराधी कारबाहीमा पर्न नसकेको बताएको छ । जिल्ला अदालतका श्रेस्तादार इन्द्र बहादुर कठायतले अपराधी पक्रनु पर्ने दायित्व प्रहरीको भएको बताएका छन् ।

 अदालतले बर्षा दुइ पटक अपराधी पक्रन तथा जरिवाना असुल गर्न डोर खटाएको भएपनि सफल भने हुन सकेको छैन । जिल्ला अदालतबाट हत्याको आरोपमा दोषी ठहरिएका १६ जना, बलत्कारमा ४ -हाडनातामा २), गर्भपतनमा ७ जना रहेका छन् । १० देखि २० बर्षसम्मको लामो जेल सजाय पाएका अपराधी कुनै कारबाही नभोगी फरार भएका छन् । डोटीमा २०२१ सालमा रजिष्टर चोरी गरेको आरोपमा दोषी ठहरीएका एक अपराधी फरार नै रहेको पनि देखिन्छ ।

 जिल्ला प्रहरीमा उजुरी परेका मध्य भने हत्यामा ४, मानब बेचबिखनमा १, बालबिबाहमा परेका एक जनालाई पक्राउ गर्न सकिएको छैन । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मुकेश कुमार सिंह फरार रहेका अपराधी पक्रन प्रहरी निरिक्षकको नेतृत्वमा टोली नै गठन गरेको बताउछन् । 'हामीले दुइ महिना यताबाट फरार अपराधी पक्रन बिशेष पहल गरेका छौ', प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले भने-'समय समयमा आफ्ना मातहतका लाई निकायका लाई रिपोर्ट गर्न भनेका छौ ।' सिंह अदालत र प्रहरी बिच सम्बन्ध अझै सुमधुर हुनु पर्ने बताउछन् ।  

अदालतमा मुद्धा दायर गर्दा प्रहरीले अपराधी नल्याई मिसिल मात्र ल्याउने भएकाले पनि अदालतमा फरार हुने अपराधीको संख्या बढेको जिल्ला अदालतका तहसिलदार मनमोहन श्रेष्ठ बताउछन् । त्यसरी अपराधी नल्याई मिसिलमात्र ल्याउदा अदालतले प्रकृया पुर्‍याएर दोषी देखिए वारेन्ट जारी गरेर दण्ड जरिवाना वा जेल सजाय तोक्ने गर्छ ।

डोटीमा यसरी सजाय तोकिएका अपराधी अधिक रहेको जिल्ला अदालतले जनाएको छ । डोटी जिल्ला अदालतमा असुल उपर गर्न बा“की रहेको दण्ड जरिवाना मध्य कैद तर्फ२ सय ९२ बर्ष१० महिना १४ दिन र जरिवाना तर्फ२ लाख ३५ हजार ९ सय रुपैया“ रहेको तहसिलदार मनमोहन श्रेष्ठ बताउछन् ।

फरार रहेका अपराधीको संख्या घटाउन अदातलमा न्यायीक प्रहरीको आवश्यकता रहेको अदालतका कर्मचारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु