dashain
Wednesday, 17 October 2018 03:42 pm, Nepal

शिक्षकले नै लुटे शिक्षकको पैसा

मेचीकाली : 2010-10-11 15:22:07


बाजुरा, २५ असोज : बाजुराको सदरमुकाम मार्तडीमा सोमबार दिउँसो शिक्षकहरुको तलब दुई लाख ३० हजार रुपैयाँ लुटिएको छ । कुल्देवमान्डौ गाविस–१ राजेन्द्र प्राविका शिक्षकहरुको तलब शिक्षक मोहन नेपालीका छोरा ध्रुव नेपालीको हातबाट खाना खाएको पैसा तिर्नेक्रममा सोही गाविस–३ थुमा घर भएका प्रकाश शाहले लुटेर भागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लुटेरा शाह थुमा माध्यामिक विद्यालयका शिक्षक नै हुन् । पैसा लुटेलगत्तै प्रहरीलाई जानकारी गराएपछि लुटेरा शिक्षकलाई बजारमै समातिएको लुटिएका धु्रव नेपालीले बताए ।

हाल प्रहरीबाट अनुसन्धान गर्दा उनको हातमा जम्मा ६९ हजार रुपैयाँमात्र भेटिएको र बाँकी कसले खर्च गरेको भन्नेबारे खोजी  भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।  लुटेरा शिक्षकले तीन दिनसम्म बजारमा जुवा खेलेको र हारेपछि पैसा लुट्ने गरेको खुलासा भएको छ ।

यो विषयका प्रतिक्रियाहरु

Madhav ghimire:Oct 11, 2010 11:07:12 PM

शिक्षक भएर यस्तो घिन लाग्दो काम गर्न लाज लाग्दैन? एस्तो शिक्षक लाइ त सिधै फासी हुनु पर्छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु