dashain
Wednesday, 17 October 2018 12:51 am, Nepal

सुदको सुरक्षामा खटिएका प्रहरीको मृत्यु

मेचीकाली : 2010-10-11 09:42:58


सोलुखुम्बु, २५ असोज : नेपालका लागि भारतीय राजदूत राकेश सूदको सुरक्षामा खटिएका प्रहरी जवान राजन राउतको लेक लागेर आज बिहान ४ बजे मृत्यु भएको छ ।     उनी चौरीखर्क इलाका प्रहरी कार्यालयबाट लुक्लामा खटिएर आएका थिए । प्रहरी नायब उपरीक्षक सुदामकुमार सिजापतिका अनुसार     टाउको दुख्ने, बान्ता हुने, पेट दुख्नेलगायतका लक्षण देखापरेपछि उनलाई स्थानीय पासाङ ल्हामु निकोल निकी अस्पताल लुक्लामा भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    राजदूत सूद खुम्जुङ खानेपानी शिलान्यास गर्न सोलुखुम्बु यही असोज १९ गते आउनुभएको हो । चार हजार मिटर उचाइमा अवस्थित यो परियोजना जिल्लाको खुम्बुङ गाविसको तिम्जुङमा पर्दछ ।

यो विषयका प्रतिक्रियाहरु

phurtenji sherpa:Nov 24, 2011 04:04:48 PM

सुद लै पो लेक लगेर मर्नु पेरने बिचार उसको सुरक्क्षा चै पो गयेछा राष्ट्र गति सुद !

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु