dashain
Wednesday, 17 October 2018 04:22 pm, Nepal

जुत्ता र ढुंगा खाए सुदले

मेचीकाली : 2010-10-06 20:48:37


सोलुखुम्बु, २० असोज : भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार भएको छ ।  सुदलाई माओवादी कार्यकर्ताले सोलुखुम्बुको एक कार्यक्रममा सहभागी हुन गएका बेला आज दिउँसो जुत्ता प्रहार गरेका हुन् । माओवादी नेता गोपाल किराँतीको नेतृत्वमाउनीमाथि जुत्ता प्रहार गरिएको बताइएको छ । सुदमाथि माओवादी कार्यकर्ताले ८ जोर जुत्ता प्रहार गरेका थिए । माओवादी कार्यकर्ताले सुदलाई कालोझण्डा देखाउँदै उनीविरुद्ध कडा नाराबाजीसमेत गरेका थिए । बिबिसीका अनुसार सुदलाई माओवादी कार्यकर्ताले ढुंगासमेत हानेका थिए ।

बिबिसीकी सोलुखुम्बु समाचारदाता सुजता तामाङका अनुसार नेपाल भारत मैत्री संघ जिल्ला शाखाको उदघाटन गर्न गएका सुदलाई केही स्थानीयबासीले भने पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । बिबिसीले बेलुका पौने ९ बजेको समाचारमा सुदले जुत्ता खाएको समाचारलाई प्राथमिकताका साथ प्रशारण गरेको छ । तर, अन्य नेपाली मिडियाले भने उक्त समाचारलाई लुकाएका छन् । अहिलेसम्म अधिकांश नेपाली सञ्चारमाध्यमले उक्त समाचार प्रकाशन गरेका छैनन् ।

यो विषयका प्रतिक्रियाहरु

Tshiring dorjee sherpa:Nov 9, 2011 11:38:29 PM

साले दोती हरु आपनो देशमा करोडौ अरबौ जनता चाही गरिबीको रेखा मुनि मागी खाने अवस्था सडक मै सुत्नु पर्ने अवस्थामा छन् बाहिर चै बिस्वको सुपर पावर भारत भन्दै धा धा गिरि देखाए पछि जुता र डुंगा मात्र हैन गोलि हान्नु पर्थेओ/ कुटनीति क लागि खटिएका कुटनीतिज्ञ ले अर्काको देशमा राजनीतिक हस्तक्षेप गरे पछि हालत भारत को मात्र हैन सबै को येस्तई हुन्छ /



janak pandey:Oct 8, 2010 11:28:07 AM

विदेश का कुटनितइ
माथि यस्तो दुर्ब्यबहार गरेको देश को लागि कहिले रामरो हुँदैन नेपाली को पहिचान माथि ठुलो अविसाप नेपाली हरुको सद बुद्धि कहिले होला

NB Mahara:Oct 7, 2010 04:03:00 PM

It means Sud and Indian leaders like shoes stone as food. So send a lot of torn shoes and stones for them.

sanjib karki:Oct 7, 2010 03:16:05 PM

thikai ta ho ni Bharat le gareko hastakshep ko ramro pratikriya.

Anish Gautam:Oct 7, 2010 06:33:23 AM

राम्रो काम गरेछन मावोबधिहरुले ,इंडियाले गरेको कामको नेपालप्रतिको बेबहारको प्रति फल हो यो !!!!!!!!!!!!!!!!

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु