Friday, 24 November 2017 12:28 am, Nepal

कामै नभएको कार्यालय

मेचीकाली : 2010-10-03 16:38:44


मन्थली, १७ असोज :  कार्यालय भएर पनि काम नहुने कस्तो कार्यालय हुनसक्छ ? भन्ने लाग्छ भने रामेछाप जिल्लामा रहेको नगर विकास समितिलाई सम्झिए हुन्छ । सदरमुकाम मन्थलीमा नगर विकास समितिको कार्यालय छ । कर्मचारीहरू पनि छन् । तर काम भने छैन । कार्यालयमा हुनुपर्ने छाप, लेटरप्याड केही पनि छैन । बाहिर होर्डिङ बोर्ड मात्र छ ।  जिल्लामा नगर विकास समितिको कामको महसुस बजारवासीले गरे पनि अध्यक्षमा राजनीतिक नियुक्ति हुने हुँदा नगर विकास समिति अस्तव्यस्त बन्नपुगेको छ ।

    वर्तमान नगर विकास समितिका अध्यक्ष नारायणदास श्रेष्ठ भने आकालझुकल मात्र मन्थलीमा झुल्कने गरेको बजारवासी बताउँछन् ।  मन्थली नगर विकास समिति बाहेकका नगर विकास समितिमा छाप लेटरप्याड केही पनि छैनन् । कार्यालय पनि कति छ गाउँलेलाई थाहा  छैन ।  

    चार जिल्लाका ११ नगर विकास समितिलाई डिभिजन सहरी विकास कार्यालय धुलिखेलले हेर्ने गरेको छ । रामेछाप जिल्लाअन्तर्गत मन्थली नगर विकास समिति, दोरम्बा नगर विकास समिति, धौलेटार नगर विकास समिति चुचुरे र वाम्ती भण्डार नगर विकास समिति गरी चारवटा नगर विकास समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु