Tuesday, 23 October 2018 10:11 pm, Nepal

हात्ती धपाउने क्रममा दुईको मृत्यु

मेचीकाली : 2010-10-03 13:00:41


बर्दिया, १७ असोज : बर्दियाको शिवपुर गाविस-८ मोहनपुर गाउँ बस्ने २२ वर्षीय शङ्कर चौधरी र २८ वर्षीय क्षेपा चौधरीको बर्दिया निकुञ्जले राखेको विद्युतीय धरापमा परेर शुक्रबार राति मृत्यु भएको छ ।
बर्दिया निकुञ्जबाट निस्कने हात्तीको बथानले किसानको धानबाली नष्ट गर्न थालेपछि निकुञ्जले हात्तीलाई निकुञ्ज बाहिर जानबाट रोक्न विद्युतीय धराप थापेको थियो । तर हात्तीको बथान किसानका खेतमा आएको भन्दै हात्ती धपाउन गएका दुवैको करेन्ट लागेर मृत्यु भएको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
 निकुञ्जको वरिपरिका न्यौलापुर, शिवपुर, ठाकुरद्वारा, सूर्यपटुवा, बगनाहा लगायतका गाविसमा हात्तीको बथान छिरेर हरेक वर्ष स्थानीय किसानले लगाएको धानबाली खाने गरेको छ ।

यो विषयका प्रतिक्रियाहरु

hari subedi:Jun 16, 2011 10:28:41 PM

शंकर र क्षेपा चौधरी को परिवार ले क्षेतिपूर्ति पाउनु पर्छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु