Monday, 18 December 2017 03:00 am, Nepal

गाईघाटमा खुद्रा पैसाको अभाव

मेचीकाली : 2010-09-30 18:33:58


nepali rupeeगाईघाट, १४ असोज : उदयपुरको सदरमुकाम गाईघाटमा दसैँ आउनु अगाडि नै खुद्रा पैसाको अभाव देखिन थालेको छ । यसबाट स्थानीय बजारमा सामान किनबेच गर्न समस्या भएको छ । खुद्रा पैसाको अभावका कारण ग्राहकलाई पसलमा फिर्ता दिन समस्या हुन थालेको स्थानीय व्यापारी थीरप्रसाद ढकाल बताउँछन् । यस्तै तरकारी पसलतिर तरकारी किन्न गएमा १०० को नोट पनि फिर्ता आउन थालेको छ । दसैँ आउनुपूर्व नै स्थानीय व्यापारी तथा स्थानीय बासिन्दाले दसैँका लागि भनेर खुद्रा पैसाहरू जगेर्ना गरेर लुकाउने गरेकाले अहिलेदेखि नै बजारमा खुद्रा पैसाको समस्या आउन थालेको बताउँछन् ।
चिया पसलमा चार गिलास चिया खाएर १०० रुपैयाँको नोट तिरे पनि चिया पसलले फिर्ता दिँदैन । ५, १०, २०, ५० र १०० जस्ता खुद्रा पैसाको अभाव गाईघाट बजारलगायत आसपासका क्षेत्रमा देखिन थालेको छ । असोज २० गतेसम्ममा खुद्रा पैसा आइपुगेपछि सटहीमा सहजता आउने राष्ट्रिय वाणिज्य बैंक गाईघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु