dashain
Wednesday, 17 October 2018 06:55 am, Nepal

जीप दुर्घटनामा सात जना घाइते

मेचीकाली : 2010-09-28 13:47:32


गुल्मी, १२ असोज  : गुल्मी जिल्लाको धुर्कोट वाग्लाबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज १७४५ नम्बरको जीप मंगलबार गुल्मी जिल्लाको जैसीथोक गाविसको सिमाहाघाटमा दुर्घटनाहुँदा सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा अखिल नेपाल शिक्षक सङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष दशरथ घिमिरे, पुर्कोट दह गाविस निवासी राजेन्द्र थापा, जुभुङ गाविस निवासी कृष्ण जिसी, वाग्लाका नन्दराम गिरी, अनन्तराम पल्ली, देवेन्द्र भण्डारी र पुर्कोट दहका ढालबहादुर राउत रहेका छन् ।
उक्त जीप ब्रेक फेल भएका कारण आज बिहान सडक छेउमा पल्टी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख डोरबहादुर थापाले जानकारी दिए । घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु