dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

भाइरल ज्वरोले अस्पतालमा विद्यार्थीको घुइँचो

मेचीकाली : 2010-09-27 18:12:56


बाजुरा, ११ असोज : बाजुरा जिल्ला अस्पतालमा भाइरल ज्वरोका कारण उपचार गर्नका लागि विद्यार्थीको घुइँचो लाग्ने गरेको छ । ज्वरोका कारण अस्पतालमा आफ्नो पढाइलाई ध्यानै नदिएर वा स्कुलमा नगएर उपचारका लागि प्रतिदिन ७० देखि ८० जना विद्यार्थी उपचारका लागि आइरहेका अहेव मीनबहादुर कटुवालले बताए ।

यसरी उपचार गर्न आउनेमा मालिका उच्च मावि मार्तडी, नेपाल राष्ट्रिय मावि बुढीगङ्गा, सत्यवादी मावि जुगाडा, कृतिचौर मावि मानाकोट, जाल्पादेवी मावि जुगाडा, फुलपाटा मावि दहकोट, लक्ष्मी मावि जिल्ली, पथरकोट मावि रिजालीलगायतका दुई दर्जनभन्दा बढी विद्यालयका विद्यार्थी रहेका छन् ।

    अस्पतालमा स–साना विद्यार्थीको घुइँचो बढेपछि अन्य बिरामीलाई उपचार गर्न गाह्रो भएको जुगाडा–९ की सीता रावले बताए ।

उपचारका लागि अस्पताल धाइरहेका विद्यार्थीले आफ्नो पढाइ बिग्रिएको गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु