dashain
Wednesday, 17 October 2018 07:09 am, Nepal

चौंथो बर्षमा रेसुङ्गा विकास बैंक

मेचीकाली : 2010-09-26 08:25:28


गुल्मी, १० असोज : जिल्लामा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उक्त पूँजीलाई समग्र विकासमा लगानी गर्दै आधुनिक र सुविधायुक्त बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत तीन वर्षअघि स्थापना भएको रेसुङ्गा विकास बैंक लिमिटेड चौंथो वर्ष प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त गरी वित्तीय कारोबार गर्न स्वीकृति पाएको रेसुङ्गा बैंकले २०६४ असोज ९ गतेदेखि नियमित कारोबार सञ्चालन गर्न सुरु गरेको हो ।

    स्थापनाकालमा रु एक करोड ८० हजार चुक्ता पंूँजी रहेकोमा तीन वर्षपछि रु तीन करोड छ लाख पुगेको छ । बैकको आर्थिक वर्ष ०६६÷६७ को अन्त्यमा १३ हजार ४७२ खाता सङ्ख्या रहेको सो बैंकको निक्षेप रकम हाल रु ४५ करोड ३७ लाख ८७ हजार ७५० रहेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराइले बताए ।

    बैंकले प्रधान कार्यालयबाहेक जिल्लाका ग्रामीण भेग वामी टक्सार, शान्तिपुर, खैरेनी, बलेटक्सार, मजुवा र सिमलटारी गरी छ ठाउँमा शाखा विस्तार गरी वित्तीय सेवा प्रदान गर्दैआएको बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

    बैंकले वैदेशिक विप्रेषणमार्फत हालसम्म रु एक अर्ब २० करोड ८२ लाख ७७ हजार ६०७ बराबरको कारोबार गरेको छ ।आर्थिक वर्ष ०६६÷६७ को अन्त्यसम्म रु ४७ लाख ८५ हजार ७३७ खुद नाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु