Friday, 24 November 2017 12:27 am, Nepal

पेट्रोलियम पदार्थ अभाव, सर्वसाधारण मारमा

मेचीकाली : 2010-09-24 14:29:57


रामेछाप, ८ असोज : सदरमुकाम मन्थली बजार र जिल्लाका अन्य बजारहरुमा मट्टीतेल र डिजेलको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । स्थानीय व्यापारीहरुले दोलखाको भिरकोटस्थित कालीदहमा गएको पहिरोको कारण देखाउँदै मट्टीतेललगायतका पेट्रोलियम पदार्थ नल्याएपछि जिल्ला सदरमुकामलगायत जिल्लाका सबैजसो बजारहरुमा मट्टीेतेल र डिजलको अभाव भएको हो ।     बजारमा पेट्रोलियम पदार्थको अभाव भएपछि सर्वसाधारणले घरमा टुकीसम्म बाल्न पाएका छैनन् भने जिल्लामा सञ्चालन हुँदै आएका तीनवटा एम्बुलेन्ससमेत प्रभावित भएका छन् ।

एम्बुलेन्स नचल्दा गम्भीर प्रकृतिका रोग लागेर उपचारका लागि काठमाडौँ जानुपर्ने बिरामीसमेत जान सकेका छैनन् । केही दिनअघि बजार अनुगमनमा हिँडेको जिल्ला अनुगमन टोलीसँग निलकण्ठेश्वर आयलस्टोरका मालिक सागर सुवेदीले असोज १ गतेबाट बजारमा मट्टीतेल र डिजेलको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेपछि सोहीअनुरुप काम गर्ने अनुमतिका साथ अनुगमन टोली फर्किएको थियो ।

    तर टोलीले आश्वासन पाएको एकहप्ता बितिसक्दा पनि जिल्लाका कुनै पनि बजार केन्द्रहरुमा तेल बिक्रेताहरुले पेट्रोलियम पदार्थ ल्याएका छैनन् । भदौ महिनाको दोस्रो हप्तादेखि मट्टीतेल र डिजेललगायत पेट्रोलियम पदार्थ सकिएपछि अप्ठ्यारोमा पर्दै आएका जिल्लावासी दसैँको मुखमा पनि पेट्रोलियम पदार्थ नपाइने चिन्ताले ग्रस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु