dashain
Wednesday, 17 October 2018 04:14 pm, Nepal

१० बर्षदेखि ओढारमा बास

मेचीकाली : 2010-09-24 10:53:14


कुष्ठरोगीकी श्रीमति भन्दै लखेटिएको थियो

बाजुरा, ८ असोज : गोत्री गाविस–५ धारीकाँडा गाउँकी वृद्धा लालपुरा नेपाली ओढारमा बसोबास गर्दै आएकी छन् ।  करिब एक दशकदेखि गोत्री गाविस–५ को घनघोर जङ्गलको रावत धारा भन्ने ढुङ्गे ओढारमा बस्दै आएकी नेपालीले आफ्नो जीवनमा तीनवटा विवाह भएको र अन्तिम श्रीमान्को कुष्ठरोग लागी मृत्यु भएपछि आफू ढुङ्गे ओढारमा बस्न बाध्य भएको गुनासो पोखिन् । 'कुष्ठरोगीकी श्रीमती भनेर गाउँबाट अपहेलित भएपछि जङ्गलका जडिबुटी, कन्दमूल खाएर बाँच्नु परेको छ',उनले भनिन् ।

    जिल्लामा दलित महिला र महिला अधिकारका नाममा जतिसुकै कार्यक्रम चलाए पनि पहुँचवाला र आफन्तलाई मात्र सेवा दिई आफूलाई हालसम्म कसैले राहत नदिएको गुनासो उनको छ ।

यो विषयका प्रतिक्रियाहरु

Ravi kumar :Apr 26, 2011 06:11:21 PM

जिल्लाको नाम कसरी बाजुरा रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण भेटन सकिएको छैन तापिन पुराना कहावतहरु अनुसार पहिले यो जिल्लाको आफ्नै स्वतन्त्र अस्थित्व नभई यो क्षेत्र त्यस बेलाको सिजां हालको जुम्ला पर्दथ्यो । त्यसकारण केन्द्रीय शासन जुम्लाबाट संचालन गरिएतापनि शासकका प्रतिनिधिहरु हालको बाजुरा जिल्लामा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे । उक्त सहायक दरबारलाई \"कोट\" भनिन्थ्यो । तत्कालिन सिजांदरबारका राजाको आदेश अनुसार यस बाजुरा दरबारबाट वाज चराको नाम समातेर पक्रेर त्यहा पठाउनु पर्दथ्यो । वाजलाई पासोमा हालेर समातिन्थ्यो । भालेबाजंलाई शाही वाज र पोथि वाजलाई झुर्रा वाज भनिन्थ्यो । एक पटक राजाको आफ्नो दरबारमा वाज पठाई दिने आदेश अनुसार पासो थाप्दा उक्त पासोमा शाही वाज न परि झुर्रा वाज पर्न गएछ । शाहीवाज पासोमा पार्न नसकि झुर्रावाज मात्र परेको खबर सहित झुर्रावाज राजाको दरबारमा पठाएछन । राजाले शाहिवाजको चाहना गरेको तर झुर्रावाज प्राप्त भएकोले यस ठाउंको नाम त्यहि पोथीवाजको नाम \"भुर्रावाज\" लाई उल्टोबाट बाझुर्राकोट राखेछन । त्यहि बाझुर्राकोट पछि अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरीकोटको नामबाट बाजुरा रहेको किंवदन्ति पाईन्छ । अर्को भनाई अनुसार यो ठांउमा \"बाजुगार्ड\" भन्ने नदिको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु