Sunday, 17 December 2017 08:15 am, Nepal

‘मदन भण्डारीको विचार पार्टीको आधिकारिक धारणा’

रासस : 2010-09-23 18:02:42


pokhrel इटहरी, ७ असोज : नेकपा (एमाले) का महासचिव इश्वर पोखरेलले स्वर्गिय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई बुटवलमा भएको महाधिवेशनले समेत कार्यान्वयन गर्ने निर्णय गरेकाले त्यही राजनीतिक दस्तावेज अनुरुप पार्टी क्रियाशील हुनुपर्ने बताएका छन् । नेकपा (एमाले) सुनसरीले आज यहाँ आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनपछि बोल्दै उनले पार्टीलाई जीवन्त तुल्याइराख्न तल्लो तहबाटै जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
 पार्टीभित्र कहिलेकाँही द्वन्द्व चल्ने र त्यसले पार्टीलाई नै गतिशील बनाउन मद्दत पु¥याउने तर्क गर्दै महासचिव पोखरेलले पार्टीभित्रका अन्तरविरोधले विस्तारै निकास पाउने बताए । एमाले संसदीय दलका प्रमुख सचेतक एवम् सभासद् भीम आचार्यले पार्टीको आधिकारिक धारणा बाहेक कहिलेकाँही बाहिर आउने विचारहरु व्यक्तिगत हुने बताए । एमाले पार्टी स्कुल विभाग उपप्रमुख धनश्याम भूसालले नेकपा (एमाले) राजनीतिक दौडमा खुला नागरिक पार्टीको रुपमा रहँदै आएकाले यसलाई अरु नागरिक समाजसम्म पु¥याउन पनि जनताको बहुदलीय जनवाद जरुरी रहेको औंल्याए ।
 यसैबीच महासचिव पोखरेलले बालुवाटारको प्रधानमन्त्री कार्यालयमा पूर्वप्रधानमन्त्रीको लाइनमा आफ्नो पनि तस्वीर झुण्ड्याउने इच्छाले राजनीतिक दलका नेतालाई पिरोलेकाले संविधान निर्माण प्रक्रिया फेरि पनि सङ्कटमा पर्नसक्ने खतरा जीवितै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु