Wednesday, 23 May 2018 03:21 am, Nepal

पर्यटन बर्षका लागि ट्रेकिङ रुट निर्माण

मेचीकाली : 2010-09-19 14:47:33


NTY 2011पर्वत : ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले यहाँ रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई जोड्ने रुट निर्माण गरिएको छ । पर्यटन वर्ष २०११ लाई दृष्टिगत गरी पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढाउन पर्यटकीयस्थल गलेश्वरबाट पर्वतको बाँसखर्क हुँदै म्याग्दीको नागीसम्म जाने पर्यटक रुट निर्माण कार्य सुरु गरिएको छ ।   आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा ग्रामीण पर्यटकीय उद्यम विकास समितिको सक्रियता र महावीर पुनसमेतको सहयोगमा पर्यटक रुट निर्माण गर्न थालिएको हो ।

पर्यटकीय क्षेत्र गलेश्वर धाम, बासखर्कको सुन्तला, डाँडाकटेरी र म्याग्दीको नागी तथा घोरेपानी क्षेत्रलगायत ठाउ‘हरु पर्यटकको आकर्षणका केन्द्रहरु भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहजरुपमा पैदलयात्रा गराउन रुट खोलिएको हो ।

ती स्थानहरुबाट मनोरम दृश्य तथा त्यहाँको प्राकृतिक सौन्दर्यता र यस क्षेत्रका धौलागिरीलगायतका हिमालका दृष्यावलोकन गर्न सकिन्छ । ती क्षेत्रको पैदलयात्रामा जङ्गली जनावरहरु पनि प्रशस्त देख्न पाइने गरेको सेवा पर्वतका वरिष्ठ समुदाय परिचालक गणेश अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार म्याग्दीको बेनी बजारस्थित गलेश्वर धामदेखि सुरु भएको यात्रा बासखर्कको सुन्तलाखेती र जडीबुटी हेर्दैैैै र लेखफॉटको डाँडाकटेरीमा खाजा खाएर नागी एकदिनमा बास बस्न पुगिनेछ । अहिले पनि अन्नपूर्ण पदयात्राका लागि आउने पर्यटकहरु कास्कीको नयाँपुलबाट पर्वतको लेखफाँट शालिजा हुँदै नाघीसम्म पुग्ने गर्दछन् ।

यो विषयका प्रतिक्रियाहरु

dj ganesh:Sep 20, 2010 11:33:44 AM

राम्रो समाचार

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु