Wednesday, 26 September 2018 09:10 am, Nepal

पहिरोले बनायो बिचल्ली

मेचीकाली : 2010-09-19 10:54:49


तेह्रथुम, ३ असोज : अविरल वर्षाले तेह्रथुमको फुलेक ७ चम्फुलामा आधा दर्जन परिवारको खेतबारी बगाउँदा ४ लाख मुल्य बराबरको क्षति भएको छ । पहिरोले पाक्न लागेको कोदो, धान र थन्क्याउने बेला भएको मकै बाली समेत बगाएर क्षति पुर्‍याएको छ ।

एक साता देखी परेको लगातार मुसलधारे पानीले भिम बहादुर राई, विष्णु कुमार राई, रास बहादुर राई, मन बहादुर राई, टिकाराज राई लगायतका गाउँलेको खेतबारी पहिराले बगाएको हो । वर्षाले अलैंची र उत्तिसको जंगल समेत बगाएकाले ३ लाख भन्दा बढीको क्षती भएको स्थानिय कर्ण बहादुर गुरुङले बताए ।  पहिरोले फुलेक ३ का लाल बहादुर पौडेलको १२ मुरी बीउको धान खेती बगाउदा १ लाख बराबरको क्षति भएको छ ।

पहिरो स्थानिय मन बहादुर र टिकाराज राईको घर नजिक आई पुगेकाले पिडितहरू जोखिम बढेको भन्दै सुरक्षित बास स्थानको खोजीमा निस्कीएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु