dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

'निषेधको राजनीति छाडे नयाँ सरकार'

मेचीकाली : 2010-09-17 14:13:47


मोरङ, १ असोज- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले माओवादीले निषेधको राजनीति नछाडेसम्म नयाँ सरकार बन्न नसक्ने बताएका छन् ।  प्रेस चौतारी मोरङको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै नेता ज्ञवालीले मुलुकले तत्काल नयाँ सरकार नपाए शान्ति र संविधान धरापमा पर्ने चेतावनी पनि दिए । नेता ज्ञवालीले निषेधको राजनीतिकै कारण मुलुक १४ महिनासम्म प्रधानमन्त्री फेर्ने खेलमा अल्झिनुपरेको बताए । 

नेता ज्ञवालीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पु¥याउनका लागि एमाओवादीले आफ्ना सेनालाई समायोजन हुन चाहने, अन्य दस्तामा लाग्ने र बर्हिगमन हुन चाहनेलाई अलगअलग राख्नुपर्नेमा जोड दिए ।

एमालले लामो समय मुलुकलाई सरकारविहीन बनाएर तटस्थ नबस्ने र एमाओवादीले शान्ति र संविधान सुनिश्चित नगरेसम्म उसको नेतृत्वलाई आफूहरूले समर्थन पनि नगर्ने बताउँदै उनले भने, ‘एमाओवादीले निषेधको राजनीतिमा लगाएको भोटे ताल्चा खोल्नुपछर्, अनिमात्र राजनीतिक दलहरूबीच एकता कायम हुन्छ र नयाँ सरकार बन्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु