dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

केन्द्रीय सदस्यमा सप्तरीका ४ उम्मेदवार

मेचीकाली : 2010-09-15 09:50:04


NCसप्तरी, ३० भदौ

 असोज १ देखि ५ गतेसम्म हुने नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा सप्तरीबाट चार जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । उनीहरूले उम्मेदवारी दिने भएपछि काँग्रेस महाधिवेशनको रौनक सप्तरीमा छाएको छ । केन्द्रीय सदस्यमा नेपाली काँग्रेस सप्तरीका सभापति रामकुमार चौधरी, सभासद् शिवचन्द्र मिश्र, काँग्रेस सप्तरीका सचिव सुशील सेवा परियार र तेजनारायणलाल चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सभापति चौधरी र सभासद मिश्रले मधेसीबाट तथा सचिव परियारले दलित र तेजनारायण चौधरीले आदिवासी जनजातिको सूचिबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

सप्तरीमा ७७ जना महाधिवेशन प्रतिनिधि छन् । उम्मेदवारी दिनेमध्ये सभापति चौधरी, सचिव परियार र तेजनारायण चौधरी महाधिवेशनमा सभापतिका उम्मेदवार सुशील कोइराला निकट हुन् भने केन्द्रीय सदस्य मिश्र शेरबहादुर देउवा निकटका हुन् ।

महाधिवेशन नजिकिँदै जाँदा सप्तरीको सबै गाविस, नगरपालिका र क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिए पनि हालसम्म जिल्ला अधिवेशन हुन सकेको छैन । महाधिवेशन समाप्त भएपछि मात्र जिल्ला अधिवेशन गरिने सप्तरी काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु