dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

चेलीसँग नाच्न नपाएपछि झडप

मेचीकाली : 2010-09-12 18:22:57


गुल्मी, २७ भदौ

गुल्मीको हुँगा गाविसमा चेलीसँग तीज नाच्न नपाएको भन्दै आक्रोशित युवा र स्थानीयबीच झडप हुँदा २ घाईते भएका छन्। प्रहरीले मारपिटमा उत्रेका १० जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ। झेर्दी गाउँमा शनिबार राति तीजमा नाच्न जम्मा भएका युवाहरुले चेलीहरुसँग अभद्र ढंगले नाच्ने मोबाईलमा भिडियो खिच्ने गरेपछि स्थानीयले त्यसो नगर्न आग्रह गर्दा दुई पक्षबीच झडप भएको थियो।

पाका पुस्ता र युवा पुस्ताबीचमा भएको तनावमा दुई युवा घाइते भएका छन्। घाईते हुनेहरुमा हुँगा-९ का पदमपाणी न्यौपाने र खिमलाल न्यौपाने रहेका श्रृङ्गा प्रहरी चौकीले जनाएको छ। उनीहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ। १० जना युवालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय तम्घास ल्याईएको प्रहरी नायव उपरीक्षक पदम प्रसाद सुवेदीले बताए। 

यो विषयका प्रतिक्रियाहरु

kamal.kanchha:Jul 30, 2011 10:46:22 AM

दृग्स को लतमा परकोले र पहिरन औतेजक भयकोले

Kamal:Jul 29, 2011 01:04:54 PM

खै के भाको होला आजकलका yuwa हरु पनि आफ्ना बुवा आमा जस्ता मान्छे संग किन katmar गर्न परेको होला साएद कलि युग आयो भनेर जे गर्न पनि मिल्छ भनेर hola

chiran :Sep 16, 2010 02:30:56 PM

आजकल का युबाहरुलाई खै के भाको

Sangita Gairapipli:Sep 16, 2010 02:10:19 PM

बिकृति उछ्रिन्खालाताको पनि सिमा हुन्च्चा नि !

roshan :Sep 14, 2010 10:24:06 AM

समाचार पढ्न पनि लाज लाग्ने .... मर्ने गरे कुट्न पर्ने गाउले हरु ले नै !!!!!!

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु