Friday, 22 September 2017 05:39 pm, Nepal

अग्लो महादेवको छातीमा बुद्ध देखिए

मेचीकाली : 2010-09-11 09:37:19


mahadev

आइतबारबाट फोटो प्रदर्शनी

नेपालकै कान्छी फोटोग्राफर शुबेक्षा श्रेष्ठले साँगास्थित १४३ फीट अग्लो महादेबको फोटो खिच्ने क्रममा  महादेवको छातीमा देखिएको भगवान बुद्धको आकृतिलाई पहिलो पटक सार्वजनिक गरेकी छिन् ।

‘मूर्तिकार मातुराम बर्मा र निर्माता कमल जैनले समेत नदेखेको आकृति मेरो क्यामरामा कैद भएको छ । यो अपुर्व अवसर हो ।’ उनले भनिन् । आफूले विभिन्न कोणबाट खिचेको अग्ला महादेवको फोटोहरु शुक्रबार मुर्ति निर्माता जैनलाई प्रदान गरिन् ।
सात वर्षकै उमेरदेखि फोटो खिच्न थालेकी सातदोबाटो, ललितपुरकी सुबेक्षा श्रेष्ठले १४ वर्ष पुग्दासम्म ३ हजारभन्दा बढी फोटो खिचेकी छिन् । तीमध्ये चुनिएका १ सय ६० फोटो लिएर आजदेखि फोटो प्रदर्शनीमा उत्रँदै छिन् ।
उनले नेपाल आर्ट काउन्सिल, बबरमहलमा एकल फोटो प्रदर्शनी कार्यक्रम राखेकी छिन् । प्रधानमन्त्री माधवकुमार नेपालको आग्रहमा उनले फोटो प्रदर्शन गर्न लागेकी हुन् । आजै प्रधानमन्त्रीले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।mahadev1
प्रदर्शनीबाट उठेको रकमले वृद्धवृद्धाको सेवा गर्ने उनको सोच छ । यसका लागि पशुपति वद्धाश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई रोजेकी छिन् । ‘उठेको रकमले उहाँहरुलाई साँगाको १ सय ४३ फीट अग्लो महादेव घुमाउने, खाना खुवाउने र आर्थिक सहयोग गर्छु’ साँगाकै अग्लो महादेवको मूर्ति मुनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ।mahadev2
सात वर्षको उमेरदेखि क्यामेरा भिरेर विवाह पार्टी, सभा र समारोहमा दौडिन थालिसकेकी श्रेष्ठले राष्ट्रपति रामवरण यादव, सभामुख सुवास नेम्वाङ, ५ जना प्रधानमन्त्रीहरु, पूर्व राजा ज्ञानेन्द्र शाहदेखि योगगुरु रामदेवका तस्बीरहरु खिचिसकेकी छिन् ।
जावलाखेलको सेन्टमेरीज स्कुलमा कक्षा १० मा अध्ययनरत उनले एक दिन पनि स्कुल छुटाएकी छैनन् । उनले स्कूलको बिदाको उपयोग गरेरै ३ हजार वटा फोटो खिच्न भ्याएकी हुन् । राजधानी आसपासका नगरकोट, लुभु, खोकना, कीतिर्पुर, टोखातिर फोटो खिच्ने गरकी उनी यसपटक भने कर्णाली यात्रामा निक्लने सुरमा छिन् ।
यी सानी फोटाग्राफर यस पटकको दशैंमा भने राजधानी शहरका फोटो बोकेर विकट कर्णाली यात्रामा निक्लँदैछिन् । ‘राजधानी नदेखेका गाउँलेलाई राजधानी चिनाउने र विकट बस्तीका पीडाबोध राजधानीवासीलाई गराउने योजना छ ।’ श्रेष्ठले भनिन् ।
स्कूल, बजार वा अन्यत्र जाँदा झोलामा क्यामेरा नटुटाउने यी सानी फोटोग्राफरले गिनेज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन आवेदन गरिसकेकी छिन् । सोखका लागि फोटोग्राफी गरेकी बताउने १५ वर्षिया किशोरीको अबको अभिलाशा रहेको छ, ‘संसारकै अग्लो शिखर सगरमाथालाई आफ्नो क्यामेरामा कैद गर्ने ।’

handovermahadev5mahadev4mahadev3kailsahnath

यो विषयका प्रतिक्रियाहरु

krishna pd dangal :Sep 8, 2012 08:52:58 AM

om namaya shivya shatya shvam sundaram

Dabal:Jun 7, 2012 06:20:35 PM

धन्नेबाद बहिनि लाई

Lalita thapa:Jun 5, 2012 04:36:57 PM

yes bahinile bokeko first picture ko mahadevko petma buddha dekhin6 .bt. aruma chahi dekhidaina

ranjeeta dotel:Dec 3, 2011 11:11:20 AM

फुलको आँखामा फुलै संसार काँडाको आँखामा कडै संसार ..... its the shape of body that makes the figure of Buddha... i think... nice to hear it... keep it up...

Madhav Humagain:Sep 9, 2011 08:42:18 PM

त्येही त होला नि त हाम्रो कमजोरी, हामीले देखेनौ, उसले देखिन, त्येसैले त उ महान भाको होला... हामीले देखने भए हामी पनि त्येस्तै माहान भैहाल्थ्येउ नि... कि कसो?

Hari Har K.C.:Jul 4, 2011 11:35:20 AM

kaha dekhiyo buddha ? maileta dekhina .

gupta shrestha, kathamandu :May 24, 2011 12:43:47 PM

सानो उमेरमा नै राम्रो काम गरेको मा धन्यवाद , तर मुर्तिमा त बुद्ध त देख्न सकिएन, साँगा जानु भन्दा बहिनीको फोटो हेर्न आउनु पर्ला जस्तो छ /

zagat ghising:Apr 6, 2011 04:05:39 AM

baineelai kasari charchama aaune vanne kura ramrari thaha ra6,,,,aaba buddha matra hoina parbati pani dekh6 take next photo too hi sister...maile ta dekhena buddha...sibaji ko sadan matra dekhen,,,thank u good idea, keept it up

Mohan pd. mainali:Jan 13, 2011 11:40:56 AM

यातिरम्रो कम गरेकोमा बहिनीलाई धेरै धन्यवाद/ यस्तासहासी र राम्रा कम गर्दै गर्नु .

Gunja lama :Jan 5, 2011 02:16:22 PM

धन्यबाद बहिनीलाई धेरै राम्रो काम

Bir Bahadur Tamang:Dec 25, 2010 09:04:15 AM

मनले जे सोच्यो तेही देखि हाल्छनी

ANJALI LAMA CHHIRY:Dec 22, 2010 01:08:39 PM

यो सब आखा को भ्रम हो .

hari s.:Oct 27, 2010 08:51:41 PM

खै के जान्नु , मैले पनि देखिन है अब त्यहिँ गएर हेर्नु पर्ला/

ganesh adhikari:Oct 3, 2010 04:33:31 PM

यति कलिलो उमेरमा यत्रो ठुलो नाम कमाउनु भनेको चानचुने कुरो होईन बहिनीलाई धन्यबाद दिनु पर्छा हामी sabeele

cockrock:Sep 30, 2010 04:23:47 PM

के को बुद्ध देखेका हुन् मान्छे हरु ले मैले त देखिन है जसले जे भने पनि भन् . कहाँ महादेव को मुर्ति मा बुद्ध देखिनु हो ये राता मकै ?

jayaram :Sep 16, 2010 03:50:02 PM

this is wellknown to everywhere n it is the historical property

suraj:Sep 14, 2010 10:27:13 PM

फस्ट फोटो मा हेर्यो भने पेट मा देखिन्छ

Mohan Raj Giri:Sep 14, 2010 05:49:13 PM

In above mentioned pictures I cannot see Buddha\'s picture in Big Mahadev picture.

sp adhikari:Sep 12, 2010 06:29:51 PM

सानो उमेरमा नै राम्रो काम गरेको मा धन्यवाद , तर फोटा मा त बुद्ध त देख्न सकिएन त

Om:Sep 11, 2010 04:38:58 PM

Kasari budha dheykhio?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु