Wednesday, 26 September 2018 03:25 am, Nepal

बाख्रापालनबाट वर्षमा डेढलाख कमाइ

मेचीकाली : 2010-09-05 17:52:18


goatसुर्खेत, २० भदौ
सधैँ कमाइका लागि भारत जाने सुर्खेत राकमका निर्मल विक आजभोलि बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि बाख्रापालन गरी घरमै बस्न थालेका छन् । दुईवटा माउ बाख्रा किनेर बाख्रापालन सुरु गरेका ५५ वर्षीय विकले राम्रै आम्दानी हुन थालेपछि अहिले व्यावसायिकरूपमै बाख्रापालन सुरु गरेका हुन् । अहिले उनी गोठमा रहेका १२ वटा माउ बाख्रा, १७ वटा पाठापाठी, ११ वटा बोका र नौ वटा खसीको स्याहार–सुसार र घाँसपात तथा चराउनमै व्यस्त हुने गरेका छन् । वर्षमा कम्तीमा १५ वटा खसी उत्पादन गरेर बेच्ने गरेको बताउने विक वार्षिक आम्दानी करिब रु एक लाख ५० हजार हुने गरेको बताउँछन् ।
उनी भन्छन्– ‘भारतबाट कमाइ गरेर वार्षिक रु ५० हजार जति बचाउँथे, तर बाख्रापालन सुरु गरेपछि भारतमा कमाएको भन्दा तेब्बर बढी रकम बचाउन थालेको छु’ ।  भारत जान छाडेर बाख्रापालन सुरु गरेपछि घरको रेखदेख तथा परिवारसँगै सुख–दुःख गरेरै बस्न पाइने भएकाले बाख्रापालनमै सन्तुष्ट भएको उनी बताउँछन् ।    विकले भारतबाट कमाइ गरेर ल्याएको पैसा साहुको ऋण र घरपरिवारको छाक टार्नमै सकिने भएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले बाख्रापालन व्यवसाय सुरु गरेको बताए ।
विक भन्छन्– ‘भारतबाट कमाएर ल्याएको पैसाले परिवार चलाउन गा¥हो थियो । अहिले बाख्रापालन सुरु गरेपछि सबै खर्च कटाएर वार्षिक करिब रु ५० हजार बचाउने गरेको छु’ । बाख्रापालन व्यवसाय सुरु गरेर राम्रो आम्दानी गर्न सफल भएपछि अहिले उनी गाविसकै राम्रो किसानका रूपमा चिनिन थालेका छन् । गाविसमा अहिले उनकै सिको गर्दै बाख्रापालन गर्ने किसानको सङ्ख्यामा पनि वृद्वि हुँदै गएपछि सो क्षेत्रमा बाख्रापालन व्यवसाय पनि पस्टाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु