dashain
Wednesday, 17 October 2018 04:23 pm, Nepal

एउटा मुद्दामा ६५ वकिल !

मेचीकाली : 2010-09-01 18:56:17


मोरङ, १५ भदौ

एउटा मुद्दामा कतिजनासम्म वकिलले बहस गर्लान् ? सामान्यतया बढीमा दुई दर्जन वकिलले बहस गर्ने गरेको उदाहरण पाइन्छ । राष्ट्रपतिविरुद्ध परेको मुद्दामा पनि दुबैपक्षका गरेर ३० जनाले बहस गरेका थिए । तर, पुनरावेदन अदालत विराटनगरमा दायर एउटा रिटमा बहस गर्नका लागि ६५ वकिलले वकालतनामा बुझाएका छन् र यो क्रम अझै जारी छ । सुनसरीका पत्रकार लिलानाथ घिमिरेमाथि भएको साङ्घातिक आक्रमणको विषयमा पुनरावेदन अदालत विराटनगरमा दायर गरिएको रिटमा पाँचदर्जन कानुन व्यवसायीले बहस गर्न थालेका हुन् ।

    पत्रकार घिमिरेमाथि भएको आक्रमणको विरोधमा जाहेरी दिन जादा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि पत्रकार पीडितका बाबु बालकृष्ण घिमिरेमार्फत परमादेश र अन्तरिम आदेशको माग गर्दै पुनरावेदन अदालतमा रिट दायर गरिएका हुन् ।

    अदालतमा मुद्दा दर्ता हुनुअघि सुनसरी र मोरङका पत्रकार र कानुन व्यवसायीले व्यापक छलफल गरी संयुक्त कानुनी सहयोग तथा परामर्श समिति बनाएर न्यायका लागि कानुनी कदम चालेका हुन् ।  समितिका कार्यकारी संयोजक अधिवक्ता बालकृष्ण आर्चायका अनुसार पत्रकार घिमिरेको मद्दामा ६५ जनाभन्दा बढीले बहसका लागि वकालतनामा भरिसकेको र यो क्रम अझै जारी छ ।

    उहाँका अनुसार एउटा मुद्दामा सुनसरी र मोरङका यति धेरै कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेको पहिलो चोटि हो ।  भदौ ११ गते दायर गरिएको रिटमाथि पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश केशवप्रसाद मैनालीको एकल इजलास तथा न्यायाधीश हरिबहादुर बस्नेत र जगन्नाथ खड्काको संयुक्त इजलासमा बहस भइसकेको छ । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय सुनसरी प्रतिवादीका रूपमा रहेको  छ । सो घटनामा कोसी अञ्चल प्रहरी प्रमुख मिङमार लामा संलग्न रहेको आरोप रहेको छ ।  

यो विषयका प्रतिक्रियाहरु

keshav chaulagain:Sep 3, 2010 11:54:17 AM

,त्यो त ठिकै छ ठुला मान्छेले जे गर पनि भैहाल्छ नि

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु