Friday, 24 November 2017 12:19 am, Nepal

सईमाथि घुस खाएको आरोप

मेचीकाली : 2010-08-22 18:07:45


रामेछाप, ६ भदौ
पोष्टमार्टम गर्नुपर्ने शव घुस खाएर त्यतिकै दाहसंस्कार गर्न दिएको आरोपमा इलाका प्रहरी कार्यालय पि्रतीका इन्चार्ज प्रहरी नायव निरिक्षक गोकुल मण्डललाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको छ । स्थानीयबासीले उनीमाथि कार्बाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका थिए । गत साउन ११ गते पि्रती गाविस ६ दोवाटेकी १८ वर्षीय लम्मी कार्कीले विष सेवन गरी आत्महत्या गरेपछि उनको शवलाई पोष्र्टमार्टम गर्न जिल्लामा नलगी स्थानियस्तरमा नै दाहसंस्कार गर्ने व्यवस्था मिलाइदे वापत नायव निरिक्षक मण्डलले मृतकका वावु गंगावहादुर कार्कीसँग २० हजार रुपैयाँ असुलेका थिए ।

उक्त खवर संचार माध्यममा आएपछि घटनाको छानविन गर्न प्रहरी निरिक्षक पुष्कर केसीको कमाण्डमा पुगेको टोली समक्ष आफुले सई मण्डललाई सार्वजनिक रुपमा माफी मगाएर कारवाही गर्न माग गरेको पिडीतका वावु गंगा कार्कीले वताए ।

उनले भने- छानविनको टोली जिल्लावाट श्रावण ३१ गते हिडेको थाहा पाएपछि इन्चार्ज मण्डलले उक्त रकम फिर्ता गर्न ल्याएका थिए । तर मैले रकम नवुझने भन्दै इन्कार गरे । छानविन गर्न गएको टोली समक्ष आफुले स्थानिय वृख वहादुर कार्कीवाट ऋण लिएर उक्त रकम दिएको जानकारी गराएपछि टोलीले न्याय दिने वचन आफुले पाएको थिए । तर छानविन गर्न आएको टोली स्थानिय स्तरका सवै मानिसहरुलाई भेट नगरी केही मानिसहरुलाई मात्र भेटेर फर्किएको कार्कीले वताए ।

छानविन समितिले मण्डलले लिएको रकम र उनलाई समेत साथमा लिएर मन्थली आइपुगेको छ । त्यस वाहेक छानविन समितिले अन्य दुईवटा घटनामा पनि सई मण्डलले आर्थिक लेनदेन गरेको प्रमाण फेला पारेको श्रोतको दावी छ । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्र्पक गर्दा प्रहरी श्रोतले प्रहरी नायव निरिक्षक काठमभाण्डौ गएको र उहाँ फर्कनासाथ मण्डलमाथि लागेको अभियोगलाई सार्वजनिक गर्ने जानकारी दियो ।

यस अघि घटनाको वारेमा सम्र्पक गर्दा रामेछापका प्रहरी नायव उपरिक्षक प्रेमवहादुर कार्कीले इन्चार्ज मण्डलले गल्ती गरेको पाइएमा कारवाही गर्ने जानकारी संचारमाध्यमहरुलाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु